एलआईसीको आइपीओ दशककै ठूलो हुने, साउदी अरामकोसँग तुलना



भारतीय सरकारले सरकारी स्वामित्वमा रहेको जीवन बीमा कम्पनी लाइफ इन्स्योरेन्स अफ कर्पोरेसन अफ इन्डिया (एलआईसी)मा भएको सेयर बिक्री गर्दै आईपीओ जारी गर्ने घोषणा गरेको छ ।

शनिबार बजेट भाषणमा भारतीय वित्त मन्त्री निर्मला सितारमणले महत्वपूर्ण घोषणा गर्दै एलआईसीमा सरकारले आफ्नो हिस्सेदारी बिक्री गर्ने बताइन् । यसका लागि एलआईसीका लागि आईपीओ जारी गर्नेछ र अन्य निगममा भएको सरकारको सेयर समेत बिक्री गर्नेछ । जसको विरोध शुरु भइसकेको छ ।

एलआईसी कर्मचारी संघले उक्त फैसलालाई देशको हित विपरीत भएको टिप्पणी गरेका छन् । साथै फेब्रुअरी ४ मा एक घण्टाका लागि देशव्यापी हड्तालको घोषणा समेत गरेका छन् ।

तर अर्कोतर्फ विशेषज्ञहरु टिप्पणी गर्दै सरकारको यो फैसलालाई महत्वपूर्ण घोषणा भएको बताएका छन् । उनीहरुका लागि एलआईसीको आईपीओ दशकको सबैभन्दा ठूलो हुनेछ । आईपीओपछि एलआईसी मुलुकको सबैभन्दा ठूलो कम्पनी बन्न सक्छ । जसको बजार मूल्यांकन ८ लाख करोड भारुसम्म हुने आँकलन गरिएकोछ । भारतको जीवन बीमा बजारमा एलआईसीको हिस्सा करिब ७० प्रतिशत छ ।

बित्तमन्त्री निर्मला सितारमणले शनिबार सांसदमा आम बजेट २०२०–२१ पेश गर्दै एलआईसीको विनिवेश गर्ने घोषणा गरिन् । विश्लेषण काजल गान्धीले सरकारी कम्पनी भएकाले निजी कम्पनीको दृष्टिबाट हेर्दा यसको मूल्यांन कम भए पनि सूचीबद्ध हुँदा कम्पनीको बजार मूल्यांकन देशको सबैभन्दा ठूलो कम्पनी हुन सक्नेछ ।

एलआईसीको आईपीओ साउदीको अरामकोकोसँग तुलना

गान्धीका अनुसार एलआईसीको १० प्रतिशत हिस्सेदारी बराबरको आईपीओ सम्हाल्न बजारलाई निकै गाह्रो हुनेछ । सरकार एलआईसीको विनिवेश विभिन्न चरणमा हुन सक्छ । जसमा एसोसिएसन अफ नेशनल एक्सचेञ्ज मेम्बर्स अफ इन्डिया (एएनएमआई)का अध्यक्ष विजय भूषणले बजेटको सबैभन्दा महत्वपूर्ण घोषणा एलआईसीको आईपीओ नै हो ।

लगानीकर्ताका लागि पखाई

साउदी अरबको तेल कम्पनी आरामकोले गत डिसेम्बर महिनामा आईपीओ जारी गरेको थियो र साउदी स्टक एक्सचेञ्जमा सूचीबद्ध भएको थियो । कम्पनीको वर्तमान मूल्य ११७.८२ अर्ब अमेरिकी डलर छ ।

एमके ग्लोबल फाइनान्सियल सर्विसेसका प्रबन्ध निर्देशक कृष्णकुमार कारवाका अनुसार कम्पनीको कामकाज कर्पोरेट गभर्नेन्स र पारदर्शिताका लागि एलआईसीका आईपीओ राम्रो हुनेछ । साथै आगामी वर्षमा सरकारलाई धन जुटाउनका लागि राम्रो विकल्प बन्न सक्छ ।

मेट्रोपोलिटन स्टक एक्सचेञ्जका अन्तरिम मुख्य कार्यकारी बालु नायरले लगानीकर्तालाई एलआईसीको आईपीओ पखाईको कारण बन्ने बताए ।


क्लिकमान्डु