भारतीय बजेट : नेपाललाई दिने अनुदान रकम ३३.३३ प्रतिशतले घट्यो



काठमाडौं । भारतले नेपाललाई दिने अनुदान रकम घटाएको छ ।

भारतीय वित्तमन्त्री निर्मला सीतरमणले शनिबार ल्याएको बजेटमा नेपाललाई दिने अनुदान रकम ४ अर्ब भारतीय रुपैयाँले घटाएको घोषणा गरेकी छन् । भारत सरकारले गतवर्ष बजेटमा नेपाललाई १२ अर्ब रुपैयाँ अनुदान दिने घोषणा गरेको थियो । यो वर्ष ८ अर्ब रुपैयाँ अनुदान दिन लागेको हो ।

भारत सरकारले दिने अनुदान रकम बजेटरी सहयोग भने होइन । भारतीय दूतावासले सिधै खर्च गर्ने रकम हो ।

भारतले विगतका वर्षमा जस्तै सबैभन्दा बढी सहयोग भुटानलाई २८ अर्ब ८४ करोड भारतीय रुपैयाँ सहयोग गर्ने छ ।


क्लिकमान्डु