अष्ट्रेलियामा आगलागी नियन्त्रण बाहिर गएपछि आपतकालीन घोषणा



अष्ट्रेलियाको जंगलमा लागेको आगो नियन्त्रणभन्दा बाहिर गएपछि त्यहाँ आपतकालीन घोषाणा गरिएको छ ।

अष्ट्रेलियाको क्यापटल टेरिटोरी (एटीसी)ले राजधानी क्यानेबेराको दक्षिणी क्षेत्रमा भएको महिनौदेखि लागेको आगलागी नियन्त्रण बाहिर गएपछि राज्यमा आपतकालीन घोषणा गरिएको हो ।

अष्ट्रेलियाका सरकारी अधिकारीहरुले २ दशकयताकै सबैभन्दा भिषण आगलागी भएको बताएका छन् । हालसम्म १८ हजार ५ सय हेक्टर जमिनमा आगलागीबाट ५० करोडभन्दा बढी पशुपन्छी मारिएको बताइएको छ ।

साथै त्यस क्षेत्रमा सहरी क्षेत्रलाई अलर्ट रहन र बाटो खाली राख्न समेत भनिएको छ ।

अष्ट्रेलियाका ठूला भनिने सहर सिड्नी र मेलबर्नको बीचमा पर्ने क्यानबेरामा सन् २००३ मा आगलागीबाट ४ जना मानिसको मृत्यु भएको थियो भने ५०० भन्दाबढी घाइते भएका थिए । तत्कालिन समयमा ४७० वटा घर आगलागीबाट नष्ट भएका थिए ।

नेपालमा चिसो मौसम चलिरहेको बेलामा अष्ट्रेलियामा भने हाल ४० डिग्री तापक्रम छ । गत बिहीबार आगलागी कै कारण क्यानबेराको विमानस्थल बन्द गरिएको थियो ।

आगो निभाउने क्रममा तीन जना अमेरिकी फायरफाइटरको ज्यान गइसकेको छ भने एयरक्राफ्ट समेत दुर्घटना भएको थियो ।

गत साता अष्ट्रेलियाका जंगलमा भएको आगलागीबाट ध्वस्त भएको जंगल, मरेका पशुपन्छीको हृदयविदारक तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भएका थिए ।

गत सेप्टेम्बर महिनाबाट शुरु भएको आगलागीका कारण हालसम्म ३३ जनाले ज्यान गुमाइसकेका छन् । – बीबीसी


क्लिकमान्डु