काबेली बी वान कास्केड जलविद्युतको सहवित्तियकरण कर्जामा बैंक अफ काठमाण्डूको भुमिका हुने




बैंक अफ काठमाण्डू लिमिटेड र अरुण भ्याली जलविद्युत बिकास कम्पनी लिमिटेड बिच काबेली बी वान कास्केड जलविद्युत आयोजनामा सहवित्तियकरण कर्जा प्रवाह गर्न सम्झौता भएको छ ।

९.९४ मेगावट क्षमता रहेका काबेली बी वान कास्केड जलविद्युत आयोजनाको अनुमानित खर्च १ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । अरुण भ्याली जलविद्युत बिकास कम्पनीले पाँचथर र ताप्लेजुङको सिमानामा उक्त जलविद्युतको निर्माण कार्य गरीरहेको छ । बैंक अफ काठमाण्डूको अगुवाइ रहेकोे उक्त सहवित्तियकरण कर्जाको सदस्य बैंकमा कुमारी बैंक रहेको छ ।

अरुण भ्याली जलविद्युत बिकास कम्पनीले नेपालको पहिलो निजीक्षेत्रबाट प्रबन्धन भएको ३ मेगावाट उत्पादन क्षमता रहेकोे पिलुवा खोला जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरीसकेको छ ।

हालसम्म बैंक अफ काठमाण्डूले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।


क्लिकमान्डु