अर्बपति टोवायसको सुझाव- सफलताका लागि रातभरी होइन, ५ घण्टा मात्रै काम गर्नुहोस्



क्यानेडियन ई–कमर्स कम्पनी सपिफाइका संस्थापक तथा सीइओ तथा फोब्र्सका अनुसार अर्बपति टोबायस लुट्काले व्यवसायमा सफलता पाउनका लागि आफ्नो सक्सेस मन्त्र सेयर गरेका छन् ।

३.८ बिलियन अमेरिकी डलरका मालिक लुट्का कुनै पनि व्यवसायमा सफलता पाउनका लागि रातभरी जागेर काम गर्नुभन्दा पनि दैनिक ५ घण्टा मन लगाएर काम गरे मात्रै पुग्ने टिप्स दिएका छन् ।

‘हरेक साता ७०–८० घण्टा काम गर्नु जरुरी छैन, क्रिएटिभ भएर दैनिक ५ घण्टा मात्रै काम गरे पुग्छ,’ उनले भनेका छन् ।

मेरो कम्पनी सपिफाइमा काम गर्नेहरुलाई म यत्ति मात्रै भन्छु कि ५ घण्टामध्ये ४ घण्टा पूरै कम्पनीलाई दिनुहोस् ।

उनले व्यवसायसँगै परिवार र स्वास्थ्यलाई पनि उत्तिकै ख्याल राख्नुपर्नेमा जोड दिएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा सोधिएको सफलता कसरी पाउने भन्ने प्रश्नको जवाफ दिँदै उनले आफूले सातामा ४० घण्टाभन्दा बढी काम नगर्ने बताए ।

उनले रातिमा ८ घण्टा सुत्न सकियो भने मात्रै काममा मन लाग्ने बताए ।

उनले हरेक साँझ ५ बजे घर पुग्ने बताउँदै आफ्नो व्यवसायिक जीवन शानदार भएको समेत दोहोर्याए ।

उनी मात्रै होइन, अमेजनका मालिक अर्बपति जेफ बेजोस पनि दैनिक ८ घण्टा सुत्नु आफ्नो प्राथमिकता भएको बताउँदै आएका छन् । यसले शरीरमा इजर्नी र एक्साइटमेन्ट ल्याउने उनीहरुको तर्क छ ।

साथै अर्को अर्बपति बिल गेट्सले पनि आफूले माइक्रोसफ्ट स्थापनाकालमा रातभरी जाग्राम रहेर काम गरे पनि अहिले ८ घण्टा निद्राका लागि जरुरी भएको बताउँदै आएका छन् । – एजेन्सी


क्लिकमान्डु