एभरेष्ट बैंकको नयाँ शाखा ललितपुरको सानोगाउँमा




काठमाडौं । एभरेष्ट बैंकले सेवा विस्तारको क्रममा ललितपुरको सानोगाउँमा ९५औं नयाँ शाखा खोलेको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका सानोगाउँमा ९५औं शाखाको सोहि नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्र कुमार नेगीले संयुक्त रुपमा उदघाटन गरेका थिए ।

बैंकको नयाँ शाखा उद्घाटन समारोहमा बैंकका उच्च अधिकारीहरु लगायत विभिन्न प्रतिनिधिहरु र स्थानीयको समेत उपस्थितिमा रहेको थियो ।

सानागाउँका बासिन्दाहरुले अब आफ्नो घर ठाँउमा शाखामार्फत आधुनिक बैंकिङ्ग सुविधा प्राप्त गर्न सक्नेछन् । साथै ग्राहकहरुले पूर्ण बैंकिङ्ग सुविधाको लाभ लिन पनि सक्नेछन् ।


क्लिकमान्डु