४ वाणिज्य बैंककाे नयाँ व्याजदर सार्वजनिक, कसकाे कति ?



काठमाडौं । बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरिरहेका छन् । बुधबार ४ वटा वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसमा नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, एनएमबी बैंक र लक्ष्मी बैंकले माघ १४ गतेदेखि लागू हुने गरी कर्जा र निक्षेपमा नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सार्वजनिक नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ९.२५ प्रतिशत र संस्थागत तर्फ ८.५० प्रतिशत देखी ८.६० प्रतिशतसम्म रहेको छ । बचत खातामा भने बैंकले ३.५ प्रतिशत देखी ५.५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।
बैंकको पुस मसान्तसम्मको बेसरेट ८.५८ प्रतिशत रहेको छ । जसलाई आधार मानेर बैंकले कर्जामा न्यूनतम ९.५८ प्रतिशत देखी अधिकतम १५.५० प्रतिशतसम्म ब्याज तोकेको छ । बैंकले १ वर्षको लागि निश्चित कर्जाहरु एनआबीएल इको लोनमा १०.५० प्रतिशत, एनआइबीएल एसएमई लोनमा ९.९९ प्रतिशत र प्रोडक्टिभ एग्रो सेक्टर लोनमा १०.५० प्रतिशत ब्याज तोकेको छ ।

लक्ष्मी बैंक
लक्ष्मी बैंकले माघ १५ गते देखी व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५ प्रतिशत र संस्थागत तर्फ ८.६० प्रतिशतसम्म ब्याज दिनेछ । बचत खाता तर्फभने बैंकले ५ प्रतिशतदेखी ६.५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

पुस मसान्तमा बैंकको बेसरेट १०.०९ प्रतिशत रहेको छ । बैंकले हाल २२ प्रकारका कर्जा दिइरहेको छ । अधिकांस कर्जाको ब्याजदर भने बैंकको ११.०९ देखी १९.०९ प्रतिशत माथि रहेको उल्लेख गरेको छ ।

प्रभु बैंक
प्रभु बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ९.२५ प्रतिशत र संस्थागत तर्फ ८.५० प्रतिशत देखी ८.६० प्रतिशतसम्म रहेको छ । बचत खातामा भने बैंकले न्युनतम ४.५० प्रतिशत देखी ६.५० प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।
बैंकको पुस मसान्तसम्मको बेसरेट ९.४५ प्रतिशत रहेको छ । जसलाई आधार मानेर बैंकले कर्जामा न्यूनतम १०.७ प्रतिशत देखी अधिकतम १४.४५ प्रतिशतसम्म ब्याज तोकेको छ ।

एनएमबी बैंक
एनएमबी बैंकले माघ १५ गते देखी लागु हुनेगरी सार्वजनिक गरेको नयाँ ब्याजदरमा व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५ प्रतिशत र संस्थागत तर्फ ८.६० प्रतिशतसम्म ब्याज दिनेछ । बैंकले हाल ३४ प्रकारको बचत खाता सञ्चालन गरिरहेको छ । ती बचत खाता तर्फभने बैंकले ४.५० प्रतिशतदेखी ६.५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

फरेन करेन्सी डिपोजिटमा बैंकले ०.२५ देखी ५.७५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।
पुस मसान्तमा बैंकको बेसरेट १०.०६ प्रतिशत रहेको छ । बैंकले कर्जाको ब्याजदर भने बैंकले १२.०६ देखी १७.०६ प्रतिशत माथि रहेको उल्लेख गरेको छ ।

 

 


क्लिकमान्डु