कैलाश बैंकले दियो कर्णाली प्रदेशका बिद्यार्थीलाई छात्रबृत्ती




काठमाडौं । कैलाश विकास बैंकले कर्णाली प्रदेश अन्तर्गतको कालीकोट जिल्लाका सामुदायीक विद्यालयहरुबाट एस.ई.ई परीक्षामा उत्कृष्ट अंक ल्याएका गरिव, जेहन्दार, आर्थिक अवस्था दयनिय भएका र आगलागी पीडित परिवारका केही बिद्यार्थीहरुलाई छात्रबृत्ती प्रदान गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त छात्रबृत्ती प्रदान गरेको हो । यसबाट पैसाको अभावले उच्च शिक्षा अध्ययनबाट वञ्चीत हुनु पर्ने अवस्थाका बिद्यार्थीलाई केही मात्रामा भए पनि सहयोग हुने बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।

हाल यस बैंकले १०२ शाखा र ४० वटा एटिएम मार्फत देशभरी बैकिंङ सेवा दिदै आएको छ ।


क्लिकमान्डु