बैंक अफ काठमाण्डूको फर्जी चेक दिने राजेन्द्र बुढाथोकी पक्राउ



काठमाडौं । बैंक अफ काठमाण्डूमा रहेको आफ्नो खाताबाट ५ लाख भुक्तानी लिनु भनी फर्जी चेक दिने राजेन्द्र बुढाथोकीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।

मधु बुढाथोकीलाई दिएको चेक सटही नभएपछि उनले दिएको उजुुरीको आधारमा ब्यूरोले राजेन्द्रलाई पक्राउ गरेको छ । ब्यूरोका अनुसार राजेन्द्रलाई बैकिङ्ग कसुर मुद्दामा उच्च अदालत पाटनले असोज २८ गतेको फैसलाले काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका-१ बस्ने वर्ष ५४ को राजेन्द्र बुढाथोकीलाई १५ दिन कैद र ५ लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो ।

अदालतको आजेशपछि फरार रहेका रोजन्द्रलाई पुस १३ गते गोलढुङ्गा, काठमाडौबाट पक्राऊ गरी माघ १४ गते फैसला कार्यान्वयनको लागी काठमाण्डौं जिल्ला अदालत पेश गरेकोमा कैद भुक्तानको लागी केन्द्रीय कारागार,सुन्धारा चलान गरिएको ब्यूरोले जनाएको छ ।

बुढाथोकीले राजेन्द्रलाई व्यवसाय गर्नको भन्दै उक्त रकम दिएको र पछि पटक–पटक माग्दा दिएको चेक साटिएको थिएन ।


क्लिकमान्डु