सनराइजले सार्वजनिक गर्यो ब्याजदर, कुन कर्जामा कति ?



काठमाडौं । सनराइज बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले माघ १४ गतेदेखि लागू हुने गरी कर्जा र निक्षेपमा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैकले नयाँ ब्याजदर अनुसार साधारण मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ९.२५ प्रतिशत र संस्थागततर्फ ८.५० प्रतिशतदेखि ८.६० प्रतिशतसम्म रहेको छ ।

हाल बैंकले १३ वटा बचत खाता सञ्चालन गरिरहेको छ । अधिकांश बचत खातामा बैंकले ४ प्रतिशत देखी ६ प्रतिशतसम्म ब्याजदर तोकेको छ । साथै बैंकले ४ प्रकारका फरेन करेन्सी डिपोजिटमा भने १ प्रतिशतदेखि ३.५० प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ ।

पुस मसान्तमा बैंकको बेसरेट ९.९९ प्रतिशत र स्प्रेडदर ५.१४ प्रतिशत रहेको छ । बैंकले हाल २४ प्रकारका कर्जा दिइरहेको छ । अधिकांश कर्जाको ब्याजदर भने बैंकको १५.९९ प्रतिशत माथि रहेको उल्लेख गरिएको छ । बैंकले क्रेडिट कार्डमा भने २ प्रतिशत ब्याज लिने जनाएको छ ।


क्लिकमान्डु