लक्ष्मी बैंकको नाफामा २५ प्रतिशतको वृद्धि, अन्य विवरण कस्तो ?



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लक्ष्मी बैंकको नाफा करिब २५ प्रतिशतले वृद्धि भएको छ । गत आवको पुस मसान्तको तुलनामा बैंकले चालु आवको सोही अवधिमा नाफामा २४.७६ प्रतिशतले वृद्धि गरि ९० करोड ३० लाख रुपैयाँ पुर्याएको हो । गत आवको दोस्रो त्रैमासमा बैंकले ७३ करोड ३७ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकद्धारा सार्वजनिक चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकले सञ्चालन नाफा २०.०१ प्रतिशतले वृद्धि गरेको छ । गत आवको पुस मसान्तमा १ अर्ब ७ करोड ८३ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको बैंकले चालु आवको सोही अवधिमा सञ्चालन नाफामा २०.०१ प्रतिशतले वृद्धि गरि १ अर्ब ४५ करोड ४३ लाख रुपैयाँ पुर्याएको छ ।

गत वर्षको ६ महिनाको तुलनामा बैंकको निक्षेप संकलन तर्फ ९.८४ प्रतिशत र कर्जा लगानी तर्फ १३.९८ प्रतिशतको वृद्धि देखिएको छ । बैंकले चालु आवको ६ महिनामा ८८ अर्ब २३ करोड ८ लाख रुपैयाँ निक्षेप संकलन गरि ८५ अर्ब ५ करोड २५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले ८० अर्ब ३२ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरि ७४ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।

बैंकले ब्याज आम्दानी तर्फ भने १९.९४ प्रतिशत वृद्धि गरेको छ । गत आवको ६ महिनामा १ अर्ब ४५ करोड ४३ लाख रुपैयाँ ब्याज आम्दानी गरेकोमा चालु आवको सोही अवधिमा ब्याज आम्दानी १९.९४ प्रतिशतले वृद्धिगरि १ अर्ब ७४ करोड ४४ लाख रुपैयाँ पुर्याएको छ । बैंकको वितरण योग्य नाफा भने ५९ करोड १८ लाख रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा २ अर्ब ३० करोड ८२ लाख रुपैयाँ शेयरधनी कोषमा १ अर्ब १ करोड ८३ लाख रुपैयाँ सञ्चित रहेको छ ।

यस्तै, चालु आवको पुस मसान्तसम्म बैंकको खराब कर्जा अनुपात ०.८८ प्रतिशत, कष्ट अफ फण्ड ७.२१ प्रतिशत, प्रतिसेयर आम्दानी १८.४१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ९० पैसा र मूल्य आम्दानी अनुपात ११.१९ गुणा रहेको छ । साथै पुस मसान्तसम्म बैंकको आधार दर १०.०९ प्रतिशत र स्प्रेड दर ४.२३ प्रतिशत रहेको छ ।


क्लिकमान्डु