कैलाश विकास बैंकद्वारा नेपाल रेडक्रस कास्की शाखालाई सहयोग



काठमाडौं । कैलाश विकास बैंकले नेपाल रेडक्रस सोसाइटीको कास्की शाखालाई विपद व्यवस्थापनका राहत सामाग्री त्रिपालहरु प्रदान गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त त्रिपालहरु सहयोग गरेको हो । यसवाट आकस्मिक रुपमा विपदमा परेका समुदायलाई केहि मात्रामा भएपनि राहत हुने प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका पदाधिकारीहरु तथा कैलाश विकास बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।


क्लिकमान्डु