सिटिजन्स बैंकद्वारा ‘सिटिजन्स कोसेली निक्षेप योजना संचालन



काठमाडौं । सिटिजन्स बैंकले ग्राहकहरुलाई थप लाभान्वित गर्न ‘सिटिजन्स कोसेली निक्षेप योजना’ खाताको शुभारंभ गरेको छ ।

यस निक्षेप योजना अन्तर्गत यस बैंकका व्यक्तिगत ग्राहकले मुद्दतीमा राखेको रकम ७ बर्ष ६ महिना (९० महिना) पश्चात साँवा तथा व्याज बापत एक मुष्ट रुपमा दोब्बर हुनेगरि रकम फिर्ता पाउने छन् । यस निक्षेप योजनाबाट बैंकका ग्राहक महानुभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंकले देशभरी फैलिएका आफ्ना ८९ वटा शाखा ८९ वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग इकाइहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु