मेरो फाइनान्सको नाफामा ३२.४२ प्रतिशतले वृद्धि



काठमाडौं । मेरो फाइनान्स लघुवित्त वित्तीय संस्थाको नाफामा ३२.४२ प्रतिशतले वृद्धि भएको छ । संस्थाले गत आवकोे दोस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा नाफा ३२.४२ प्रतिशतले वृद्धि गरेर ८ करोड १९ लाख रुपैयाँ पुर्याएको हो । गत वर्षको पुस मसान्तसम्म संस्थाले ६ करोड १८ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

संस्थाले चालु आवको दोस्रो त्रैमाससम्म अन्य बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब ५७ करोड २९ लाख रुपैयाँ सपटी लिएको छ । भने ५ अर्ब १३ करोड रुपैयाँ कर्जा लगानी गरी ४४ करोड ७६ लाख रुपैयाँ व्याज आम्दानी गरेको छ । हाल संस्थाको पुँजी ६ अर्ब ५० करोड ३२ लाख रुपैयाँ रहेको छ ।

संस्थाले नाफामा उल्लेख्य वृद्धि गरेसंगै प्रति शेयर आम्दानी पनि १९.१८ पुगेको छ भने मूल्य आम्दानी अनुपात भने ३१.३९ र प्रतिसेयर नेटवर्थ १३१.३५ रहेको छ । निस्क्रिय कर्जा अनुपात भने संस्थाको गत वर्षको तुलनामा ०.०७ प्रतिशतले घटेको छ । गत वर्षको पुस मसान्तसम्म १.८७ प्रतिशत रहेको निस्क्रिय कर्जा अनुपात चालु आवको सोही अवधिमा १.८० प्रतिशत कायम भएको छ । साथै, संस्थाको कष्टअप फण्र्ड १०.६९ प्रतिशत रहेको छ ।


क्लिकमान्डु