कामना सेवा बैंकको नाफा ७.४९ प्रतिशतले बढ्यो, अन्य वित्तीय सुचक कस्तो ?



काठमाडौं । कामना सेवा विकास बैंकको ७.४९ प्रतिशतल नाफा वृद्धि भएको छ । बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधि ७.४९ प्रतिशत नाफा बढाएर १४ करोड ८५ लाख १९ हजार रुपैयाँ नाफा गरेको हो । बैंकले गत वर्षको पुस मसान्तसम्म १३ करोड ८१ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

बैंकद्धारा सार्वजनिक चालु आवको पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य नाफा भने ६ करोड ५५ लाख ८२ हजार रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्म बैंकले २७ अर्ब ४३ करोड ७२ लाख रुपैयाँ निक्षेप संकल गरि २३ अर्ब ४८ करोड १२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । जसबाट बैंकले १ अर्ब ६८ करोड ४६ लाख रुपैयाँ व्याज आम्दानी गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ५४.३८ प्रतिशत बढी हो । गत वर्षको पुस मसान्तसम्म बैंकले १ अर्ब ९ करोड ११ लाख रुपैयाँ व्याज आम्दानी गरेको थियो ।

यस्तै, बैंकको वित्तीय विवरण अनुसार पुस मसान्तसम्म बैंकको प्रति सेयर आम्दानी ११.६९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ रहेको छ । बैंकले खराब कर्जा अनुपात चालु आवको पुस मसान्तसम्म ०.३ प्रतिशतले घटाएर १.३७ प्रतिशत कायम गरेको छ । गत वर्षको सोही अवधिमा बैंकको खराब कर्जा अनुपात १.६७ प्रतिशत थियो ।

साथै बैंकको बेसरेट ११.८६ प्रतिशत, कष्टअप फण्ड ८.६३ प्रतिशत र स्प्रेटदर ५.३३ प्रतिशत रहेको छ ।


क्लिकमान्डु