सेञ्चुरी बैंकद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको भैरहवा शाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ओमसतिया गाउँपालिका वडा नं ३ लोहरौलिमा स्थित श्री रोहिणी विद्याश्रम आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुका लागि न्यानो कपडा हस्तान्तरण गरेको छ ।

११० बालबालिकाहरुको लागि न्यानो कपडा बंैकका भैरहवा शाखाका शाखा प्रबन्धक बिशाल गुप्ताले विद्यालयका प्रध्यानाध्यापक विजय मणि त्रिपाठीलाई हस्तान्तरण गरेका छन् ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।


क्लिकमान्डु