भन्सार प्रशासनमा देखिएका समस्या समाधान गर्न सरकार तयारः सचिव ढुंगाना



काठमाडौं । राजश्व सचिव शिशिर कुमार ढुंगानाले स्वच्छ र स्वस्थ्य व्यवसाय प्रवद्र्धन गर्नको लागी समन्वय गरी आर्थिक समृद्धि प्राप्त गर्न सबै एक भएर जानु पर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय भन्सार दिवस २०२० को सन्दर्भमा नेपाल चेम्वर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा सचिव ढुंगानाले यस्तो बताएका हुन । साथै भन्सार प्रशासनमा देखिएका समस्याहरुको उचित ढंगले सम्बोधन गर्न सरकार सदा तत्पर रहेको बताए । त्यसको लागि निजी क्षेत्रबाट समेत व्यापार सहजीकरणमा आवश्यक सहयोग, सुझाव, सल्लाह र कानूनको परिपालना हुनु पर्नेमा जोड दिए ।

यस वर्ष भन्सार दिवसको नारा “कष्टम फोस्टरिङ सस्टेनेबिलिटी फर पिपल,प्रोस्परिटी एण्ड प्लानेट” रहेबाट भन्सारबाट आम जनता मुलुकको समृद्धि र हामी वसेको पृथ्वीको समेत बातावरण बिकास एवम संरक्षण हुने तर्फ सरकार सम्वेदनशील रहेको वताए । त्यसैले भन्सारले दीगो बिकास जसमा सामाजिक, आर्थिक,स्वास्थ र वातावरणीय आवश्यकता समेत हाम्रो कार्यको केन्द्र बिन्दु रहेको बताए ।

कार्यक्रममा भन्सार विभागका महानिर्देशक सुमन दाहालले भन्सार प्रशासनलाई पारदर्शी बनाउन सरकार कटिवद्ध रहेको बताए । उनले भन्सार प्रशासन पूर्णतः डिजिटल हुने क्रममा अगाडी बढि सकेको र निजी क्षेत्र एवम सरकार बीच यसमा कुनै खाडल भए त्यो पूरा गर्नु पर्ने बताउँदै भन्सार प्रशासनमा बैध व्यापारको बिकल्प नभएको बताए ।

चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठले भन्सार मूल्याकंन गर्ने प्रक्रियामा समस्या रहेको बताए । प्रमाणित नभएसम्म वा राजश्व चुहावट भएको कुनै पूर्व सूचना नभएसम्म आयातकर्ताले घोषणा गरेको मूल्यलाई मान्यता दिनु पर्ने विश्वव्यापी मान्यता विपरित मूल्य निर्धारण हुंदा व्यापारी अनेकौ समस्यामा पर्ने जानकारी गराए । त्यसैले कारोबार मूल्यलाई अनिवार्य रुपमा मान्यता दिनु पर्ने अध्यक्ष श्रेष्ठले बताए ।

अध्यक्ष श्रेष्ठले भन्सार दरवन्दि घटाउनु पर्ने र ई–पेमेन्टबाट भूतmानी गर्ने व्यवस्था लागू गर्न जरुरी रहेको बताउदै भंसार प्रशासनमा बिगतको तुलनामा उल्लेखनीय सुधार भएको बताउदै राजश्वको योगदान मूल्य अभिवृद्धि कर भएको र भंसारले सहजीकरणमा जोड दिन अनुरोध गरे । एकिकृत जांचचौकी तथा सुख्खा वन्दरगाह स्थापना भएबाट व्यापार सहजीकरणमा योगदान पुगेको बताए ।


क्लिकमान्डु