एनआईसी एशिया बैंकद्वारा एपीएफ क्लबका विजेता खेलाडीलाई नगद सहयोग



काठमाडौं । एनआईसी एशिया बंैकले सशस्त्र प्रहरीको १९औं स्थापना दिवसको उपलक्ष्यमा नेपाल ए.पी.एफ क्लबका १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता–२०७६ मा सहभागी भई विभिन्न विधाका पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार स्वरुप ९ लाख ९५ हजार बराबरको रकम प्रदान गरेको छ ।

उक्त सहयोग स्वरुपको चेक एन आई सी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले ए.पी.एफ.क्लबका अध्यक्ष सशस्त्र प्रहरी उपरीक्षक तुलसी राम दाहाललाई हस्तान्तरण गरेका छन् ।

उक्त कार्यक्रम सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी महानिरीक्षक शैलैन्द« खनालको प्रमुख अतिथ्यता रहेको थियो ।


क्लिकमान्डु