रियलमीफाइभ आई नेपालमा,कति छ मूल्य ?



काठमाडौं । स्मार्ट फोन ब्रान्ड रियलमीले रियलमी फाइभ सिरिज अन्तर्गत क्वाड क्यामेरा फोन ‘रियलमीफाइभ आई’ नेपाली बजारमा भित्र्याएको छ ।

उत्कृष्ट क्यामेरा, धेरै समयसम्म टिक्ने ब्याट्री, उत्कृष्ट डिजाइन रहेको माेबाइलमा ५ हजार एमएच ब्याट्री रहेको छ । त्यसको सुरक्षाको लागि फायर प्रुफ–प्रोटेक्टिभ सेपरेशन पनि रहेको छ ।

रियलमीफाइभ आईमा ११ एनएम उत्पादन प्रकृयामा आधारित स्नापड्रागन ६६५ एआईई रहेको छ । जसले गर्दा २.० गिगाहर्जको क्लस स्पिडमा काम गर्न सक्ने कम्पनीले जनाएको छ । थर्ड जेनेरेशन क्वालकम एआईले उल्लेखनिय गेमिङमा सहयोग गर्ने उल्लेख छ ।

यो फोन स्लिम र सनराइज डिजाइनमा रहेको छ । मोबाइलको ब्याक कभरको ग्रेन्सहरु जर्मन फाइभ-एक्सिस प्रेक्सिस रेडियम कार्भिङ मेशिनबाट तयार पारिएको छ । यो मोबाइल एक्वा ब्लु र फरेस्ट ग्रिन रंगमा उपलब्ध रहेको छ ।

रियलमी फाइभ आईमा ११९ अल्ट्रा वाईड एन्गल लेन्स ८ मेगा पिक्सेल, मेन क्यामेरा १२ मेगा पिक्सेल, पोरट्रेट लेन्स २ मेगा पिक्सेल, अल्ट्रा म्याक्रो लेन्स २ मेगा पिक्सेल रहेको छ ।

मोबाइलको क्यामेरामा जडान गरिएको अल्ट्रा वाईड एन्गल लेन्समा नाइटस्केप २.० ले अध्यारोमा वाइडर भ्यूको साथमा उत्कृष्ठ फोटो खिच्न सकिन्छ । रियलमी फाइभ आईमा प्रयोग भएको सफ्टवेयर, कलर ओएस ६.१ ले रियल प्राइभेसी फङसन, हटस्पट म्यानेजमेन्ट, क्लिनर र सिम्पलर यूआई जस्ता फिचरको प्रयोग भएको छ । ४ जीबी र्याम र ६४ जीबी स्टोरेज क्षमता भएको रियलमीफाइभ आईको बजार मूल्य २० हजार ९९० रुपैयाँ रहेको छ ।


क्लिकमान्डु