भिजिट नेपाललाई लक्षित गरी एनसेलले ल्यायो ‘टुरिष्ट सिम’



काठमाडौं । भिजिट नेपाल २०२० लाई लक्षित गरी एनसेलले ‘टुरिस्ट सिम’ ल्याएको छ । विभिन्न देशबाट नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको नयाँ योजना ‘टुरिष्ट सिम’मार्फत् विषेश सेवा लिन सक्नेछन् ।

एनसेलले बुधबारदेखि सञ्चालनमा ल्याएको हो । यस योजना अन्तर्गत भ्रमणमा आएका विदेशी पाहुनाले सजिलै टुरिष्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने अल नेटवर्क टक टाइम र डेटा बण्डलिङ गरिएको प्याकहरु लिन सक्छन् ।

नेपाल भ्रमणमा आएका कुनै पनि पर्यटकले कर सहितमात्र १०० रुपैयाँमा टुरिष्ट सिम सहितको स्टार्टर प्याक लिन सक्छन् । यो प्याकमा पर्यटकले ३० रुपैयाँ मेन ब्यालेन्स र ३ दिन समयावधि भएको १ जिबी डेटा पाउँछन् ।

यो सिममा पे एज युु गो रेट लागू हुदैन । पर्यटकले आफ्नो नेपालको बसाइ र सेवाको आवश्यकता बमोजिम अल नेटवर्क भ्वाइस र डेटा सेवा बण्डल गरिएको तीनदेखि ३० दिनसम्म समयसीमा रहेका विभिन्न पाँच कम्बो प्याकमध्ये कुनै एक प्याक लिन सक्छन् ।

पर्यटकको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राखि तयार पारिएका कम्बो प्याकमा तीनदिने प्याकको करसहित २९० रुपैयाँ पर्दछ र यसमा ३० मिनेट अल नेटर्वक भ्वाइस र ३ जिबी डेटा भोल्युम रहेको हुन्छ ।

७ जिबी डेटा र ७० मिनेट अल नेटवर्क भ्वाईस रहेको ७ दिने प्याकको करसहित ४९० रुपैयाँ तोकिएको छ भने करसहित ९८० रुपैयाँ पर्ने १४ दिने प्याकमा पर्यटकले १४ जिबी डेटा र १४० मिनेट अल नेटवर्क भ्वाईस बण्डल गरिएको प्याकलिन सक्छन् ।

अलि लामो समयको लागि नेपाल भ्रमणमा आउने पर्यटकले २८ दिने प्याक वा ३० दिने कम्बो प्याक लिन सक्छन् । २८ दिने प्याक अन्तर्गत पर्यटकले करसहित १ हजार ४७० रुपैयाँमा २८ जिबी डेटा र २८० मिनेट अल नेटवर्क भ्वाइस सेवाप्राप्त गर्नेछन् ।

त्यसैगरी ३० दिने प्याकअन्तर्गत कर सहित रु २,८८८ मा ८८ जिबी डेटा र ८८८ मिनेट अल नेटवर्क भ्वाईस सेवा पाउनेछन् ।

पर्यटकले ‘टुरिष्ट सिम’ योजनाको कम्बो प्याक सिम लिई सकेपछि एस्ट्रिक्स १७१०५ ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार सुचारु गर्न सक्नेछन् ।

विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकका लागि अल नेटवर्क टक टाइम रहेको भ्वाइस र डेटा सेवा बण्डल गरी नयाँ ‘टुरिष्ट सिम’ योजना संचालनमा ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा संचालनमा ल्याइएको यो योजनाले नेपाल भ्रमणमा रहने विदेशी पाहुनाको सञ्चार सेवाको आवश्यकतालाई सहज रुपमा सुलभ दरका साथ सम्बोधन गर्ने विश्वास एनसेलले लिएको छ ।

टुरिष्ट सिम एनसेलका एनसेल सेन्टरहरु, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एनसेल काउण्टर र देशका विभिन्न भागमा रहेका ९० वटा प्वाइन्ट अफ सेल्सबाट लिन सकिनेछ ।


क्लिकमान्डु