माछापुच्छ्रे बैंकपनि मर्चेन्ट व्यवसायमा प्रवेश, धितोपत्र बोर्डले दियो लाइसेन्स



काठमाडौं । माछपुच्छ्रे बैंकले पनि मर्चेन्ट बैंकिङको कारोबार सुरु गर्ने भएको छ ।

धितोपत्र बोर्डले माछापुच्छ्रे बैंकको सहायक कम्पनी माछापुच्छ्रे बैंकिङ एण्ड मर्चेन्टलाई मर्चेन्ट बैंकिङको कारोबार गर्नको लागि लाइसेन्स दिएको छ ।
धितोपत्र बोर्डको संचालक समितिले लाइसेन्स दिएको हो । यसको चुक्ता पूँजी २० करोड रहेको छ ।

माछापुच्छ्रे बैंकका नायव प्रमुख कार्यकारी कार्यकारी अधिकृत सन्तोष कोइराला लाइसेन्स पाएसँगै बैंकको सहायक कम्पनीले मर्चेन्ट बैंकिङको कारोबार छिटै सुरु गर्ने बताए ।
‘मर्चेन्ट बैंकिङ संचालन गर्नको लागि कर्मचारीदेखि सबैको काम भइसकेको छ,अब केही समयभित्र काम सुरु हुन्छ,’कोइरालाले भने ।

संचालनमा रहेका २७ वटा वाणिज्य बैंकमा माछापुच्छ्रे बैंकको सहायक कम्पनीले लाइसेन्स पाएसँगै ४ वटा बैंकको मात्र मर्चेन्ट बैंकिङ रहेको छैन । बाँकी २३ वटा बैंकको मर्चेन्ट बैंकिङ गर्ने संस्था छ ।

बोर्डले मर्चेन्ट लाइसेन्सको अब नयाँ आवेदन भने लिने छैन ।


क्लिकमान्डु