विद्यार्थीको चौतर्फी विकासमा केन्द्रित मानसी किड्सले कक्षा ५ सम्म विद्यालय सञ्चालन गर्ने



काठमाडौं । स्थापनाको छोटो समयमा अभिभावकको विश्वास जित्न सफल काठमाडौंको डिल्लीस्थित मानसी किड्स प्यालेसले आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्म सञ्चालन गर्ने भएको छ ।

विद्यालयकी निर्देशक सन्ध्या पाठकले अभिभावकले देखाएको विश्वासबाट उत्साही भएर आगामी शैक्षिक सत्रदेखि विद्यालयले कक्षा ५ सम्म सञ्चालन गर्ने योजना बनाएको जानकारी दिइन ।

काठमाडौंको डिल्लीस्थित मानसी किड्स प्यालेस, फराकिलो ठाउँमा सञ्चालित छ । बालबालिकाका लागि फराकिलो ठाउँमा र मनोरञ्जन दिने उद्देश्यले शुरु गरिएको विद्यालयलाई उज्याला कक्षाकोठा, शान्त वाातावरण, चारैतिर हरियाली र ठूलो बगैचाले यस प्रि–स्कूललाई अरु भन्दा पृथक बनाएको छ ।

विद्यालयमा रहेको मन्टेशरी ल्यावमा विद्यार्थीको शारीरिक, मानसिक र शैक्षिक विकासलाई मद्दत गर्ने विभिन्न खालका शैक्षिक तथा अतिरिक्त क्रियाकलाप गराइन्छ । कक्षाकोठामा समेत श्रव्यदृश्य माध्यमबाट अध्यापन गराउँदै बालबालिकाको सर्वाङ्गीण विकासमा ध्यान दिइएको पाठकले बताइन् ।

विद्यालयमा अभिभावकलाई समेत आफ्ना सन्तानलाई कसरी हुर्काउने ?, के गर्ने ? के नगर्ने ? जस्ता विषयमा तालिम समेत दिने उनको भनाइ छ । साथै दैनिक रुपमा बच्चाले गर्ने क्रियाकलाप अभिावकलाई जानकारी गराइन्छ ।

नेपाली परिवेश अनुसार र प्राथमिक तहलाई सहयोगी आफ्नै पाठ्यक्रम बनाएर सिकाइमा जोड दिएको विद्यालय ३ रोपनी क्षेत्रफलमा फैलिएको छ । विद्यालयमा विद्यार्थीका लागि प्रशस्त खेल सामग्री र स्थान उपलब्ध छ । साथै शारीरिक विकासमा पौडीको अत्यन्त ठूलो भूमिका हुने हुँदा स्कुलले आफ्नै स्विमिङ पुलको स्थापना गरेको छ ।

स्कूलले साना बालबालिको शैक्षिक मात्र नभएर मानसिक र शारीरिक विकासमा पनि ध्यान दिएको छ । विद्यालयले बच्चाहरुको हेरचाह र उचित स्याहार सम्भारलाई प्राथमिकतामा राखेको पाठकको दाबी छ । कक्षाकठोमा र स्कुलको विशेष निगरानी गर्न सिसिटिभी जडान गरिएको छ भने बच्चाहरुको स्वास्थ्यलाई प्राथमिकतामा राखी सफा र स्वस्थ्य हुन अपनाउनु पर्ने सम्पूर्ण कुराहरु अपनाइएको छ ।

बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मको विद्यालय समय रहे पनि विद्यालयले जागिरे अभिभावकलाई मध्यनजर राख्दै ५ बजेसम्म पनि बालबालिकाहरुलाई विद्यालयमै बस्ने बन्दोबस्त मिलाएको छ । साथै पैदल आउन सम्भव नभएका नानीबाबुका लागि लक्षित गरी सुविधा सम्पन्न भ्यानको समेत व्यवस्था गरेको छ ।


क्लिकमान्डु