रवि लामिछाने निर्दोष ठहर



काठमाडौं । जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा सञ्चारकर्मी रवि लामिछानेलाई निर्दोष ठहर गरेको छ ।

लामिछानेलाई आत्महत्याको दुरुत्साहनको अभियोगमा सञ्चारकर्मी लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई जिल्ला अदालत चितवनले निर्दोष ठहर गरेको हो । न्यायाधीश हेमन्त रावलको इजलासले आइतबार तीन जनालाई नै अन्तिम फैसला सुनाउँदै निर्दोष ठहर गरेको हो ।

यसअघि अदालतले रवि लामिछानेलाई ५ लाख रुपैयाँ, कँडेललाई ३ लाख रुपैयाँ र कार्कीलाई साधारण तारेखमा छाडेको थियो ।


क्लिकमान्डु