टिकटकलाई टक्कर दिन इन्स्टाग्रामले ल्यायो नयाँ एप



काठमाडौं । लोकप्रिय भिडियो सेयरिङ एप टिकटकको बढ्दो लोकप्रियताले अन्य कम्पनीलाई चिन्तामा ल्याएको छ ।

यसैलाई टक्कर दिनका लागि सोसल नेटवर्किङ एप इन्टाग्रामले आफ्नो प्रयोगकर्ताका लागि नयाँ भिडियो एडिटिङ टुल ‘रिल’ ल्याएको छ ।

जसमा टिकटकमा जस्तै रिल्समा पनि १५ सेकेन्डको भिडियो बनाउन सकिन्छ । भिडियोको लोकप्रियता यसलाई कतिपटक हेरियो त्यसमा आधारित हुनेछ । यो एप आइएसओ र एन्ड्रोइड दुबैमा उपलब्ध छ ।

यो रिल्स अहिले ब्राजिलमा मात्रै उपलब्ध छ । जसलाई निकट भविष्यमै अन्य देशका बजारमा पनि ल्याउने तयारी भइरहेको इन्स्टाग्राहमका प्रडक्ट म्यानेजमेन्टका डाइरेक्टर रबी स्टिनले जानकारी दिए ।


क्लिकमान्डु