विभिन्न खानाका परिकार बनाउने सेफहरुले यसरी मनाए माघे संक्रान्ति (भिडियोसहित)



 

काठमाडौं । विभिन्न रेष्टुराँदेखि पाँच तारे होटलमा विभिन्न परिकारका खाना बनाउने कुक र सेफहरु माघे संक्रान्तिको दिन विहानै काठमाडौैको रानिबारीस्थित सेफ्स एसोसिएसनको कार्यालयमा जम्मा भए ।

होटलमा आउने पाहुनाहरुलाई मिठो खाना खुवाएर खुशी बनाउने सेफहरु संक्रान्तीको दिन भेटघाट, खानपिन र रमाइलो गर्न एशोसिएनसमा जम्मा भएका हुन ।
पहिलेदेखि चल्दै आएको संस्कृति जोगाउनका लागि सेफहरुको महत्वपूर्ण भूमिका हुने सेफ एशोसिएसनका अध्यक्ष खडग विक्रम लामाले बताए ।

संस्कृति जोगाउने भूमिका निभाउन र भेटघाटका साथै रमाइलो गर्न विभिन्न रेष्टुराँदेखि पाँच तारे होटलमा कार्यरत सेफहरु संक्रान्ती मनाउने त्यहाँ जम्मा अध्यक्ष लामाले जानकारी दिए ।

उक्त माघे संक्रान्ति महोत्सबमा विभिन्न जातका तरुल, सक्खरखण्ड, लड्डुका परिकार, सेलरोटी जस्ता विभिन्न परिकारहरु तयार गरिएका थिए ।

उक्त महोत्सबमा सेफ्स एशोसिएसनका संस्थापक अध्यक्ष पुष्प थापा मगर, पुर्व तथा वर्तमान कार्यसमितिका पदाधिकारीहरु तथा विभिन्न ठाउँमा कार्यरत कुक तथा सेफहरु उपस्थित भएका थिए ।

सेफहरुको व्यक्तित्व विकास तथा क्षमता बृद्धिका लागि एशोसिएसनले विभिन्न किसिमका तालिमहरु सञ्चालन गर्दै आएको छ ।

सेफहरुले माघे संक्रान्ति मनाउन के–के खाए, कसरी मनाए ? हेर्नुहोस भिडियो

 


क्लिकमान्डु