सेयर बजारमा करेक्सन, कारोबार रकम १ अर्ब बढी



काठमाडौं । साताको २ दिन सेयर बजारमा उछाल देखिएपनि मंगलबार भने केही करेक्सन भएको छ ।

क्लोजिङको २ दिनबाट बजारमा गिरावट आएपनि क्लोलिङको दिन भने बजारमा गिरावट देखिएको छ । मंगलबार सेयर बजारमा मापन गर्ने सूचक ७.४८ अंकले घटेर १२६३.३८ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २ अंकले घटेर २७४.२८ बिन्दुमा रोकिएको छ ।

१८३ कम्पनीको ३७ लाख ६६ हजार ९८२ कित्ता सेयर १ अर्ब २ करोड ६४ लाख ४३ हजार ६६६ रुपैयाँको सेयर किनबेच भएको छ । नेप्से मापन गर्ने सूचक घटेपनि कारोबार रकममा भने खासै गिरावट आएको छैन । १२ वटा समूहको कारोबारमा बैंकिङ समूहको उपसूचक १०.३६ अंकले घटेको छ । यस्तै यता जलविद्युत ११.३५, निर्जीबन बीमा ४८.८, जीवन बीमा समूहको उपसूचक ५१.६६ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा प्रभु बैंकको संस्थापक सेयर रहेको छ । बैंकको ११ करोड ४३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रोमा क्रमशः नागरिक लगानी कोष र एनआईसी एसिया बैंक रहेको छ ।

कारोबारमा रैराङ हाईड्रोपावर डेमलपमेन्ट कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेशन, मञ्जु श्री फाइनान्स, नेपाल फाइनान्स, पञ्चकन्यामाई हाईड्रोपावरका लगानीकर्ताहरुले कमाउँदा दिव्यश्वरी हाईड्रोपावर, बरुण हाईड्रोपावर, सप्तकोशी डेभलपेन्ट बैंक, यूनाइटेड मोदी हाईड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु