पाम आयलमा अर्थमन्त्री र उद्योग राज्यमन्त्रीको फरक मत



काठमाडौं । भारतले आयातमा प्रतिबन्ध लगाएपछि यतीबेला पाम आयल चर्चामा छ ।

सोमबार नेपाल चेम्बर अफ कमर्शको आयोजनामा उद्योगराज्यमन्त्री मोतिलाल दुगडले पाम आयलको भारतमा निकासी गर्नको लागि सरकारले काम गरेको जानकारी व्यवसायीलाई गराएका थिए ।

५ महिनामा ११ अर्ब रुपैयाँको निर्यात भएको पाम आयल व्यवसायीहरुले इन्डोनेसिया र मलेसियाबाट नेपाल ल्याएर भारत तर्फ निकासी गरेका थिए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निकासी खुलाउन सरकारले प्रक्रिया अगाडि बढाएको जानकारी व्यवसायीहरुलाई दिएका थिए ।

सोमबार चेम्बर अफ कमर्शको कार्यक्रममा उद्योगराज्यमन्त्री दुगडले उच्च स्तरको छलफल गरेको बताए ।

त्यसपछि बोलेका अर्थमन्त्री खतिवडाले पाम आयलको नाम भने लिएनन् । उनले व्यवसायीलाई निर्यात मुलक उत्पादनमा लाग्न जोड दिए । उनले नेपाली वस्तुसँग जोडिने वस्तुको निकासी गर्न व्यवसायीलाई आग्रह गरेका थिए ।

पाम आयल तेस्रो मुलुकबाट ल्याएर भारतमा व्यवसायीहरुले भन्सार दरको फाइदा उठाएर निकासी गरेका छन् । व्यवसायीहरुले पाम आयलमा ४०/४५ प्रतिशतसम्म भ्यालुएड भएको दाबी गर्छन् ।

साफ्टा अन्तर्गतको प्रावधान अनुसार ३० प्रतिशत भ्यालुएड भएको वस्तु निकासी गर्दा भन्सार शुल्क लाग्दैन ।


क्लिकमान्डु