एउटै मान्छेको नम्बर धेरैपटक सेभ भएर तनाबमा हुनुहुन्छ? यसरी गर्नुहोस् मर्ज




काठमाडौं । फोन नम्बर सुरक्षित गर्नका लागि आवश्यकता अनुसार सानो र ठूलो डायरी बनाउने, नम्बर परिवर्तन हुने वित्तिकै त्यसलाई केरमेट गर्ने र डायरी फोहर हुने जमानाको अन्त्य भयो ।

विज्ञान तथा प्रविधिको विकासले डायरी जमानालाई त ओझेलमा पार्यो तर त्यही प्रविधिलाई राम्रोसँग प्रयोग गर्न नजान्दा हामीले चलाउने विद्युतीय सामग्री झन फोहोर, झन्झटिलो र तनावयुक्त बनिदिन्छन् ।

उदाहरणका लागि तपाई÷हामीले चलाउने मोबाइलमा सेभ हुने सम्पर्क नम्बर हुन । सीमकार्ड, मोबाइल फोन र गुगल वा अन्य स्टोरेजमा सेभ हुने नम्बरहरु र कहिलेकाँहि तिनै नम्बर डुप्लिकेट हुँदा एउटै मानिसको नम्बर ३/४ वटा बनेर बसेको हुन्छ ।

जसले गर्दा फोनको स्टोरेज स्पेस भरिने, फोन ह्याङ हुने र कहिलेकाँही फोन वा म्यासेज गर्दा झुक्किने समस्या हुन्छ ।

यहि झन्झटबाट मुक्त हुन चाहानुहुन्छ भने केहि क्लिकले तपाईलाई तनावमुक्त बनाउनुका साथै तपाईको मोवाइल सफा, स्मार्ट र फास्ट हुनसक्छ ।

हामीले तपाईलाई तपाईको स्मार्टफोनमा डुप्लिकेट भएर बसेका नम्बर कसरी मर्ज गरेर एउटै बनाउनेबारे आइडिया दिँदै छौं ।

– तपाईको फोनमा भएको कन्ट्याक्ट्स एप खोल्नुहोस् ।

– कन्ट्याक्ट्स एप खुलेपछि त्यसमा भएको मेन्यु अप्सन क्लिक गर्नुहोस् । मेन्यु अप्सन मोबाइल निर्माता कम्पनी अनुसार तलमाथि, दायाबाँया जता पनि हुनसक्छ । राम्रोसँग हेर्नुहोस ।

– मेन्यु अप्सन क्लिक गरेपछि म्यानेज कन्ट्याक्ट्स वा अर्गनाइज कन्ट्याक्ट्स अप्सन आउँछ । त्यसलाई क्लिक गर्नुहोस् ।

– उक्त बटन क्लिक गरेपछि मर्ज डुप्लिकेट कन्ट्याक्ट्स अप्सन देख्नसक्नुहुन्छ । उक्त अप्सन क्लिक गर्नुहोस् ।

–  अब तपाईको मोबाइलमा भएका सबै डुप्लिकेट कन्ट्याक्ट्स मर्ज गर्न चाहनुहुन्छ भन्ने अप्सन आयो भने ओके बटन क्लिक गर्नुहोस् ।

– उक्त बटन क्लिक गरेपछि अब तपाईको मोवाइलमा डुप्लिकेट भएर बसेका सबै सम्पर्क नम्बरहरु मर्ज भएर एउटामात्रै भएर बस्छ । जसले गर्दा मोबाइलको कन्ट्याक्ट्स डाटा सफा हुनुका साथै फोन र म्यासेज गर्दा झुक्किने डर हुँदैन ।


क्लिकमान्डु