साढे ५ सय नासुका लागि लोकसेवाले विज्ञापन खुलायो, विज्ञापनसहित



काठमाडौं । लोकसेवा आयोगले नायव सुब्बा ५४८ जनाका लागि विज्ञापन खुलाएको छ । आयोगले बुधबार आयोगका विभिन्न कार्यालयबाट विज्ञापन खुलाएको हो ।

आयोगको कार्यालय धनकुटा, जलेश्वर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत, दीपालयबाट खुला तथा समावेशी र आन्तरिक बढुवाका लागि विज्ञापन खुलाएको हो ।

आयोगका अनुसार योग्यता पुगेका इच्छुक आवेदकले माघ १४ गतेसम्म र दोब्बर दस्तुर माघ २१ गतेसम्म फारम भर्न सक्नेछन् । आयोगका अनुसार सबै सेवाको प्रथम पत्रको परीक्षा फागुन २४ गते हुने जनाएको छ ।

आयोगले १८ वर्ष उमेर पूरा भइ ३५ वर्ष ननाघेका महिला तथा अपांग उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरेको छ ।

त्यस्तै, सबै सेवाको समूहका लागि द्वितिय पत्रका लागि चैत ११ गते, तृतीय पत्रको न्याय, कानून र सरकारी वकिलका लागि चैत १२ गते, प्रशासन, सामान्य प्रशासन र व्यवस्थापिका संसदका लागि चैत १३ गते, प्रशासन लेखा र लेखापरीक्षणका लागि चैत १४ गते, प्रशासन र राजस्वका लागि चैत १५ गते र परराष्ट्रका लागि चैत १६ गते परीक्षा हुने जानकारी दिएको छ ।

विज्ञापन हेर्नुहाेस्

 


क्लिकमान्डु