स्मार्ट र हेल्लो नेपालको लाइसेन्स खारेज रोकियो, किस्तामा बक्यौता रकम बुझाए हुने



काठमाडौं । नेपाल दुरसंचार प्राधिकरणले खारेजीमा लैजाने निर्णय गरेको स्मार्ट टेलिकम र नेपाल स्टाटेलाइट कम्पनी(हेल्लो नेपाल) लाई सहुलियत दिने निर्णय सरकारले गरेको छ ।
नियम अनुसार शुल्क बुझाउन नसकेपछि प्राधिकरणले दुईवटा टेलिकम सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेज गर्ने निर्णय गरेको थियो ।

प्राधिकरणको निर्णय विरुद्द सर्बोच्च अदालत गएपनि सर्बोच्चले प्राधिकरणको पक्षमा फैसला सुनाउदै प्रक्रियागत ढंगले अगाडि बढ्ने भनेको थियो । प्राधिकरणले खारेज गर्ने निर्णय गरेपनि सरकारलाई निर्णय उल्टाउने अधिकार थियो ।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले किस्तामा गरेर शुल्क बुझाउन सक्ने व्यवस्था गरेको हो ।

प्राधिकरणका अनुसार स्मार्ट टेलिकमले दुई अर्ब ३२ करोड र स्याटेलाइट टेलिकमले ८५ करोड बक्यौता तिर्न बाँकी छ । दुबै कम्पनीले हरेक ६ महिनामा सो रकम तिरेर बक्यौता चुक्ता गर्नुपर्ने हुन्छ ।


क्लिकमान्डु