एनसेलको नयाँ वर्ष अफर, डेटा प्याकमा ५० प्रतिशत छुट



काठमाडौं । सन् २०२० को पहिलो दिन जनवरी १, एनसेल ग्राहकका लागि विषेश दिन हुने भएको छ । यो दिन एनसेलका ग्राहकले ५० प्रतिशत छुटमा मासिक डेटा प्याकहरु सुचारु गरी सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्नेछन् ।

एनसेलले नयाँ वर्ष २०२० को अवसरमा आकर्षक अफर ल्याएको छ जसअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले ५० प्रतिशत छुटमा १६ जिबी र ६ जिबी मासिक डेटा प्याकको लिन सक्नेछन् ।

यो अफर यहि बुधबार (पुष १६) गते देखि लागु भई २४ घण्टाको लागि मान्य रहने छ । एनसेलका ग्राहकले बुधबार बिहान १२.०० बजे देखि मध्यरात ११.५९ सम्ममा ५० प्रतिशत छुटमा यी दुई वटा मासिक डेटा प्याक सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो योजना अन्तर्गत ग्राहकले कर सहित रु १,०२०.२४ पर्ने १६ जिबी प्याक कर सहित मात्र रु ५१०.१२ मा सुचारु गर्न सक्नेछन् । त्यस्तै यहि योजना अन्तर्गत ग्राहकले कर सहित रु ४५३.३० पर्ने मासिक ६ जिबी (३ जिबी+३ जिबी फोरजी डेटा) डेटा प्याक कर सहित मात्र रु २२६.६५ मा सुचारु गर्न सक्नेछन् ।

ग्राहकले एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स ५० ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार आफ्नो आवश्यकता अनुसारको डेटा प्याक सुचारु गर्न सक्नेछन् ।


क्लिकमान्डु