स्वादिष्ट र स्वस्थकर मःम बनाउने किमा यसरी घरमै बनाउनुहोस् (भिडियोसहित)




काठमाडौं । मःम भन्ने वित्तीकै धेरैको मुख रसाइहाल्छ । मःम निकै लोकप्रिय खानाको परिकार हो । मःमःको लोकप्रियतालाई लिएर भनाइ नै बनेको छ– मेन्यु हेर्यो हेर्यो लास्टमा मःम । अर्थात् खाजा घर, होटल, रेष्टुराँ जाने ग्राहकले मेन्यू हेर्छन् र अन्तिममा मःमः अर्डर गर्छन् ।

यो लोकप्रियता अहिले नेपालमा मात्र नभई संसारभर फैलिदै गएको छ । विश्वभर पुगेका नेपालीहरुले सञ्चालन गरेका होटल तथा रेष्टुराँमा मःमः अनिवार्य बनाइन्छ । नेपाल आउने पर्यटकहरु पनि मःमःका विभिन्न परिकारमा झुम्ने गरेका छन् ।

बजारमा विभिन्न स्वादका मःमः पाइन्छन । तर मःम स्वादिष्ट बनाउन विभिन्न किसिमका टेस्टिङ मसला र अन्य सामग्रीहरु प्रयोग गरिन्छ । स्वादिष्ट बनाइ ग्राहक पल्काउने नाममा प्रयोग हुने कतिपय सामग्रीले जिब्रोलाई आनन्द दिन्छ तर त्यसले वास्तवमा हाम्रो स्वास्थ्यलाई हानी गरिरहेको हुन्छ ।

स्वादिष्ट बनाउने बहानामा अजिनो मोटा, टेस्टिङ मसलाहरु, बोसोलगायत विभिन्न सामग्रीहरु मिसाइन्छ जसले स्वास्थ्यलाई राम्रो गर्दैन । केहीछिनको स्वादले स्वास्थ्यलाई क्रमशः बेस्वादको बनाइरहेको हुन्छ । स्वाद निकाल्न प्रयोग हुने यी सामग्री बिना पनि स्वादिष्ट र स्वास्थका लागि लाभदायक मःमःको किमा तयार गर्न सकिन्छ ।

केही जाँगर र सामग्री जुटाउने हो भने सजिलै स्वादिष्ट र स्वस्थकर मःमः बनाउने किमा आफै तयार गर्न सकिन्छ । त्यो पनि घरमै । भेज वा ननभेज मःमः का लागि घरमै कसरी किमा तयार गर्ने त ? आज हामी यही विषयमा केही टिप्स प्रस्तुत गरेका छौ ।

सामान्यतया मःमः को किमा तयार गर्नका लागि चाहिने सामग्रीहरुमा भेज मःमःका लागि तरकारी र नन भेज मःमःका लागि मासु चाहिन्छ । तरकारी र मासु मसिनो गरी मेसिन वा हतियार प्रयोग गरी हातले नै तयार गर्न सकिन्छ ।

यसका लागि चाहिने अन्य सामग्रीमा हरियो धनियाँ, प्याज, अदुवा, हरियो प्याज, नुन, क्रस पेपर, वाइट पेपर, तिलको तेल, लाइट सोया सस, होम मेड वा ककटेल सस, झान्नका लागि तेल छन् ।

स्वादका लागि केही मात्रमा टिमुरको पाउडर पनि प्रयोग गर्न सकिन्छ । तर यी सामग्रीलाई कसरी मिश्रण गर्ने त ? जसले किमा स्वादिष्ट बनाउँछ ।

यसबारे विस्तृतमा जान्नका लागि तलको भिडियो हेर्नुहोस ।


क्लिकमान्डु