जाडोमा शरीर तताउने तिब्बती स्पेशल सुप ‘थेन्थुक’, यसरी घरमै बनाउनुहोस् (भिडियो)



काठमाडौं । तिब्बतमा पाइने धेरै खानाका प्रकारमध्येको एक हो थेन्थुक सुप । तिब्बतमा पाइने यो सुप पछिल्लो समय नेपालमा पनि निकै लोकप्रिय बन्दै गएको छ ।
हिमाली भेगमा पर्ने भएकाले पनि तिब्बतमा तातो बनाउने खानाका परिकार निकै धेरै बनाइन्छ ।

तिब्बतको विशेष मानिने यो सुप अहिले चिसो हुने संसारका धेरै ठाउँमा बनाउन थालिएको छ । नेपालमा पनि तिब्बतियन थेन्थुक सुप पाइन्छ । राजधानी काठमाडौंका धेरै होटलले थेन्थुक सुपलाई स्पेशल लिस्टमा राखेर राम्रो व्यापार गरिरहेका छन् ।

पर्यटकीय हब मानिने ठमेलका रेष्टुराँमा थेन्थुक सुप खाने पर्यटक र नेपालीहरुको पनि भीड देख्न सकिन्छ ।

प्रशस्त झोल, सागसब्जी हुने भएकाले यो सुप निकै स्वस्थकर मानिन्छ ।

कसरी तयार गर्ने त थेन्थुक सुप ?

थेन्थुक सुप विभिन्न तरिकाले तयार गरिन्छ । विभिन्न प्रकार र स्वादमा तयार गरिने हुनाले यसमा लाग्ने सामग्री फरक–फरक हुन सक्छन् । तर प्रायः सबै प्रकारका थेन्थुक सुपमा लाग्ने सामग्री र बनाउने तरिकाबारे हामी तपाईलाई जानकारी दिदैंछौ ।

विशेषत थेन्थुक सुप अन्य सुप जस्तै भेज र नजभेज गरी २ प्रकारमा तयार गरिन्छ । यिनै भेज र नजभेजमा पनि खाने मानिसको स्वाद अनुसार विभिन्न सामग्री राखिन्छ ।
तर सामान्यतया थेन्थुक सुप यसरी तयार गरिन्छ जुन तपाईले घरमै तयार गर्न सक्नुहुन्छ ।

थेन्थुक सुप तयार गर्नका लागि चाहिने सामानहरुमा पानी, नुन, टिमुरको धुलो, किकोमेन सस, लाइट सोया सस, होम मेड सस, आँटा, गाँजर, मूला, प्याज, हरियो साग, नुडल्स र नजभेज सुपका लागि मासु आवश्यक हुन्छ ।

तर यी सामग्री कसरी र कति बेला प्रयोग गर्ने त ?

विस्तृत जानकारीका लागि भिडियो हेर्नुहोस् ।  

 


क्लिकमान्डु