हुवावेका ६ नयाँ उत्पादन नेपालमा सार्वजनिक, कति पर्छ मूल्य ?



काठमाण्डौ । हुवावे नेपालले ६ वटा नयाँ उत्पादनहरू सार्वजनिक गरेको छ । हुवावेको आफ्नै इन्टेलिजन्ट इकोसिस्टम( ह्वावे मोबाइल सर्भिसेस (एचएमएस) युक्त ह्वावेको पछिल्लो फ्ल्यागशिप ह्वावे मेट ३० प्रो, वाइ नाइन एस स्मार्टफोनसहित वाच जीटी टु, ब्यान्ड फोर, ब्यान्ड फोर ई, फ्रि बड्स थ्री तथा फ्रिल्यान्सजस्ता वेयरेबल सार्वजनिक गरेको हो ।

उक्त समारोहमा ह्वावेले खुला इकोसिस्टम निर्माण गर्ने आफ्नो लक्ष्य बारे जानकारी गराएको थियो । ह्वावेका आफ्नै प्रविधिहरू ह्वावे मोबाइल सर्भिस, ह्वावे डिभाइसेस, फाइभजी नेटवर्कहरू तथा एआईजडित एपहरू प्रयोग गरी उपकरणहरूलाई बिना कुनै समस्या कनेक्ट हुनका सो खुला इकोसिस्टमले सम्भव तुल्याउँछ ।

हुवावे नेक्स्टमा स्मार्ट, छिटो तथा समस्यारहित अनुभव प्रदान गर्नका लागि ह्वावेद्वारा बनाइएको एप्लिकेशनहरू तथा सर्भिसहरू राखिएको छ।

हुवावे मोबाइल सर्भिसेसमा ह्वावे एप ग्यालरी, ह्वावे ब्राउजर, ह्वावे मोबाइल क्लाउड, ह्वावे थिमहरू, ह्वावे म्य’जिक, ह्वावे भिडियो, ह्वावे असिसटेन्ट तथा अन्य एचएमएस एपहरू ह्वावे आइडी, ह्वावे हेल्थ, ह्वावे थिम, ह्वावे म्युजिक तथा अन्य धेरै रहेका छन् ।

हुवावेले एचएमएस इकोसिस्टमका लागि एक वर्ष्भित्रै तीन अर्ब अमेरिकी डलर तथा तीन हजार रिसर्च एण्ड डिभलेपमेन्ट कर्मचारी परिचालन गर्दैछ भने दुई वर्ष्भित्र उक्त लगानी रकम बढाएर पाँच अर्ब अमेरिकी डलर पु¥याउँदैछ । त्यसैगरी रिसर्च एण्ड डिभलेपमेन्ट कर्मचारी संख्या पाँच हजार पु¥याउँदैछ ।

ह्वावे मोबाइल सर्भिसेसको विश्वव्यापी बजारमा उपस्थितिलाई सुदृढ पार्न ह्वावे इकोसिस्टम तयार छ । अहिलेसम्म १७० भन्दा बढी देशमा यसले ५७० मिलियनभन्दा बढी विश्वव्यापी प्रयोगकर्ताहरूलाई सेवा प्रदान गर्दछ । हाल ह्वावे मोबाइल सर्भिसेसमा १.०७ मिलियन दर्ता भएका ग्लोबल डिभेलपरहरू रहेका छन् र एचएमएस कोरमा ५० हजारभन्दा बढी एपहरू एकीकृत भइसकेका छन् जसले ह्वावेका सबै डिभाइसहरूमा कम्प्याटिबल हुने एपको भर्सन बनाउन सघाउँछ ।

हुवावे मोबाइल सर्भिसेसमा संचालन हुने पछिल्लो फ्ल्यागशिप ह्वावे मेट ३० प्रो, पनि सार्वजनिक भएको छ । यो आइकोनिक मोबाइलफोनमा किरिन ९९० एसओसी छ र ७ एनएम र इयूभी प्रोसेसको प्रयोग भएको छ । ह्वावे सुपरचार्ज तथा ईएमयूआई १० ले मोबाइल प्रयोगकर्ताहरूका लागि टिकाउ ब्याट्री तथा उत्कृष्ट अनुभव प्रदान गर्दछ । यो स्मार्टफोनले प्रयोगकर्ताहरूका लागि उच्च स्तरको फोटो र भिडियो खिच्न सघाउँछ । यसमा ४० एमपी सिने क्यामरासहितको उच्चस्तरको क्वाड क्यामरा प्रणाली, ४० एमपी सुपरसेन्सिङ क्यामरा,८ एमपीको टेलिफोटो क्यामरा तथा थ्रीडी डेप्थ सेन्सिङ क्यामरा जडित छ । यसको फ्रन्ट क्यामरा ३२ एमपीको हो ।

हुवावे वाच जिटी टु पनि अतिप्रतिक्षित ह्वावे उत्पादन हो । किरिन एआई चिपजडित यसमा उच्च कार्यक्षमता तथा कम ब्याट्री खपत गर्ने गर्दछ र दुई हप्तासम्म ब्याट्री टिक्छ । ४२ एमएम कलर एमोलेड स्क्रीनले २१५ एमएएच ब्याट्री प्रयोग गर्दछ जुन एक हप्तासम्म टिक्छ । यस स्मार्टवाचमा नयाँ विशेषताहरू र फङ्ग्सनहरू छन् र १५ स्पोर्ट मोड तथा १० ट्रेनिङ मोडहरू भएको यो स्मार्टवाच फिटनेस तथा स्वास्थ्य बारे विशेष चासो राख्नेहरूका लागि उपयुक्त छ ।

हुवावे ब्यान्ड फोरमा भएको स्मार्ट फिटनेश म्यानेजमेन्ट सिस्टमले मुटुको धड्कन थप एक्युरेसीका साथ मनिटर गर्ने, ९ वटा दैनिक इन्डोर र आउटडोर एक्सरसाइज मोडहरू भएको र सशक्त फिटनेश मनिटरिङ फिचरहरू छन् ।

हुवावे एक्सेसरिजको दुनियाँमा अर्को दमदार उत्पादन भनेको ह्वावे फ्रि लेस हो जसले अद्वितीय अडियो अनुभव र टिकाउ ब्याट्री युक्त छ ।

हुवावे मेट ३० प्रो सँगै सार्वजनिक गरिएको अर्को स्मार्टफोन हो वाइनाइन एस । अटो पपअप क्यामरा भएको यो स्मार्टफोन चर्चित वाइ नाइन प्राइम २०१९ को अपग्रेडेड भर्जन हो । आधुनिक र आर्क्षित डिजाइन तथा अल्ट्रा वाइड एंगल ४८ एमपी एआई ट्रिपल क्यामरा तथा साइड फिंगरप्रिन्ट डिजाइन यसमा छ ।

कुन माेडललाइ  कति पर्छ ?
ह्वावे मेट ३० प्रो लाइ १,२९,९००, ह्वावे वाच जीटी टु ४६ एमएमलाइ २९,९०० रूपैयाँ , ह्वावे ब्यान्ड फोरलाइ   ४,४०० रूपैयाँ, ह्वावे ब्यान्ड फोर ईलाइ ३,४०० रूपैयाँ , ह्वावे फ्रि बड्स थ्रीलाइ २०,९०० रूपैयाँ, ह्वावे फ्री लेसलाइ   ९,९०० रूपैयाँ पर्छ । ह्वावे वाच जीटी टु ४२ एमएम  र ह्वावे वाई नाइन एसकाे मूल्य भने घोषणा हुन बाँकी छ ।


क्लिकमान्डु