नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई महासंघ अध्यक्ष राणाको आग्रह



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले शिल्करोड चेम्वर इन्टरनेशनल कम चीनको सियानमा चलिरहेको शिल्क रोड व्यवसायिक सम्मेलनलाई सम्बोधन गर्दै नेपालमा लगानी गर्न आग्रह गरिन् ।

चीनले अगाडी सारेको वेल्ट एण्ड रोड इनिशिएटिभ(बीआरआई)मा सामेल करिव पाँच दर्जन भन्दा बढी देशका सरकारी तथा व्यवसायिक नेताहरूको प्रत्यक्ष सहभागिता रहेको उक्त अन्तराष्ट्रिय सम्मेलनमा प्रोजेक्टस् एण्ड दी सस्टेनेवल डिभलपमेन्ट अफ बेल्ट एण्ड रोड इनिशिएटिभ ९विषयक विशेष शत्रलाई नेपाली निजी क्षेत्रको तर्फबाट संवोधन गर्दै अध्यक्ष राणाले चीन तथा समग्र दक्षिण एशियाकै व्यवसायिक हवको रूपमा विकास हुने नेपालको चाहनालाई सहयोग गर्न आग्रह गरिन् ।

आर्थिक रुपमा सशक्त भारत तथा चीनको बीचमा अवस्थित नेपालका अगाडी थुप्रै सम्भावना रहेको बताउदै उनले बीआरआई मार्फत नेपाललाई चीन तथा समग्र दक्षिण एशियाकै व्यवसायिक हवको रूपमा विकास गर्न सकिने स्पष्ट पारिन् ।

यद्यपी नेपाल भुपरिवेष्ठित मुलुक भएपनि रणनीतिक रूपमा महत्वपूर्ण स्थानमा रहेको कारण आर्थिक रूपमा बलिया दुई शक्तिशाली छिमेकीहरूसंग आफूलाई भूजडित मुलुकको रूपमा विकास गर्दै चीन तथा समग्र दक्षिण एशियाबाट नेपालले फाइदा उठाउन सक्ने दावी गरिन् ।

दक्षिण एशियामा लगानी आकर्षणमा ठूलो सम्भाव्यता रहेको उल्लेख गर्दै गर्नुहुंदै अध्यक्ष राणाले वीआरआई मुलुकहरूले नेपालको समृद्ध कला, संस्कृति पर्यटनका साथै नेपालको करिव ३ करोडको बजार तथा चीन तथा भारतमा रहेको करिव ३ अर्व जनसंख्याको बजारबाट निकै ठूलो लाभ हासिल गर्न सक्ने सम्भाव्यता औल्याए । भौगोलिक विकटता तथा अन्तराष्ट्रिय वजारसम्मको सहज पहुँचको अभाव भोग्दै आएको नेपालका लागि बीआरआईले बाह्य बजार र अर्थतन्त्रसंग जोडिने सम्भावनाको ढोका खोलिदिएको पनि अध्यक्ष राणाले बताए ।

आज पनि नेपालको प्रमुख व्यापारिक साझेदार तथा लगानीका हिसावले समेत सवैभन्दा बढी लगानी चीनबाटै रहेको स्पष्ट पार्नुहुंदै उनले नेपालमा लगानी गरिरहेका चिनिया कम्पनीहरू सिनो हाइडो, जेटटीई, चाइना थ्री गर्जेज कर्पोरेशन, हुवाये, टिवेट एयरलाइन्स, होङ्गसीले निकै राम्रो व्यवसाय गरीरहेको अन्तराष्ट्रिय समुदाय समक्ष जानकारी गराए । उर्जा, पूर्वाधार विकास, पर्यटन सहित अन्य सम्भावित क्षेत्रहरूलाई नेपालले प्रमुख लगानी आकर्षण क्षेत्रको रूपमा पहिचान गरेको स्पष्ट पार्नुहुंदै कृषि, कृषि तथा खाद्य प्रशोधन, प्योकजिंग, पशुपंक्षी, हर्वल उद्योग, चिया तथा कफी, हर्वल उत्पादनहरू, हस्तकला लगायतका क्षेत्रमा पनि लगानीको ठूलो सम्भाव्यता रहेको बताए ।
नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने तयारी गरिरहेको सन्दर्भमा नेपालमा पर्यटनको अपार सम्भाव्यता रहेको र यस क्षेत्रमा बीआरआई अन्तरगतका मुलुकहरूबाट लगानी आउन सके ठूलो लाभ उठाउन सकिने समेत उनले स्पष्ट पारे ।

पर्याप्त जनशक्ति तथा औद्योगिक विकासका लागि चाहिने आधुनिक प्रविधिको अभावका कारण नेपालले सस्तो श्रम शक्ति र यूवा जनसंख्याको वाहुल्यता रहेपनि अहिलेसम्म पनि अन्तराष्ट्रिय मूल्य श्रृंखलामा जोडिन नसकेको अध्यक्ष राणाले बताइन् ।

सडक, रेल, व्यापार सहजीकरणका लागि आवश्यक अन्य महत्वपूर्ण पूर्वाधार अभावका कारण विश्कै सर्वोत्कृष्ट पर्यटकीय क्षेत्र रहदा रहंदै पनि नेपालले पर्यटन लगायत नेपाली उत्पादनहरूलाई अन्तराष्ट्रिय बजारसम्म एकिकृत गर्न नसकेको यथार्थता सो अवसरमा राखिन् ।

बीआरआई अन्तरगत पूर्वाधार विकास जस्तो होटल, एयरपोर्ट, सडक, रेलवे, केवल कार, सपिङ मल लगायतमा लगानी गरी नेपालको पर्यटन विकासबाट चीन सहित र वीआरआई मुलुकहरूले लाभ उठाउन सक्ने बताउदै उनले नेपालमा व्यापार तथा वैदेशिक लगानीलाई सहज बनाउन चीन तथा बीआरआई मुलुकहरूबाट बैंक शाखाहरू खोल्नु पर्ने सुझाव उनको थियो ।


क्लिकमान्डु