रिद्धी सिद्धी सिमेन्ट–१०औं एफक्यान एक्सिलेन्स अवार्ड हुँदै



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ ।

यहि मंसिर २० गते आयोजना हुने अवार्डको सबै तयारी पूरा भएको छ । महासंघले १२औं राष्ट्रिय निर्माण दिवस २०७६ को अवसरमा अवार्ड कार्यक्रम गर्न लागेको हो । नेपाली निर्माण उद्योगको विकासमा विभिन्न क्षेत्रबाट विशेष योगदान पु¥याउने व्यक्ति, संघ–संस्था तथा फर्म÷कम्पनीहरुलाई अवार्ड कार्यक्रम मार्फत् महासंघले सम्मान गर्दै आएको महासंघका अध्यक्ष रवि सिंहले बताए ।

महासंघको आयोजना, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्र्तगत निर्माण व्यवसाय प्रबद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समितिको सहकार्य र रिद्घी सिद्घी सिमेन्टको मुख्य प्रायोजनमा कार्यक्रम हुन लागेको हो । अवार्डमा जगदम्बा स्टिल्स् र केस कन्स्ट्रक्शन इक्विप्मेन्ट पावर्ड बाई विधामा रहेका छन् ।

उत्कृष्ट निर्माण कम्पनी राष्ट्रिय सम्मानमा (क वर्ग, ख वर्ग, ग वर्ग र घ वर्ग) को अलग अलग मूल्याङकनका आधारमा स्वर्ण, रजत र काँस्यगरी १२ वटा कम्पनी पुरस्कृत हुनेछन् । साथै प्रदेश महासंघको सिफारिसमा घ वर्गका ७ वटा फर्म ÷कम्पनी प्रदेशगत रुपमा पुरस्कृत हुने भएका छन् । विदेशमा निर्माण कार्य गर्ने उत्कृष्ट नेपाली कम्पनी, भुगोलमा आधारित रही उत्कृष्ट काम गर्ने व्यवसायी, उत्कृष्ट प्रदेश निर्माण व्यवसायी लगायतलाई समेत महासंघले सम्मान गर्ने भएको छ । त्यस्तै नेपालभरका निर्माण व्यवसायीका छोराछोरीमध्येबाट सिभिल इन्जिनियरिङमा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरिने भएको छ ।

निर्माण व्यवसायको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिलाई महासंघ गौरव सम्मान प्रदान गरिने महासंघका महासचिव रोशन दाहालले जानकारी दिए । निर्माण व्यवसायमा उदाहरणीय कार्य गर्ने महिला निर्माण व्यवसायी, उत्कृष्ट परामर्शदातृ कम्पनी, उत्कृष्ट निर्माण मैत्री ईन्जिनियर पनि उक्त अवसरमा सम्मानित हुने महासंघले जानकारी दिएको छ । निर्माण व्यवसायको क्षेत्र समेटी उत्कृष्ट समाचार सम्प्रेषण गर्ने टेलिभिजन, दैनिक पत्रिका, रेडियो र अनलाइनलाई पनि अर्वाड प्रदान गरिने महासंघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैवर्ष देखि एक विधा थप गरी पूर्वाधार विकास तथा निर्माण सरोकारसम्बन्धी समाचारहरुलाई उच्च प्राथमिकता दिई सम्प्रेषण गर्ने पत्रकारलाई सम्मान गर्न लागिएको महासंघका प्रवक्ता टंकप्रसाद चौलागाईले जानकारी दिए ।


क्लिकमान्डु