पेट्रोल, डिजल र मट्टितेलको मूल्य २ रुपैयाँले बढ्यो

क्लिकमान्डु २०७६ मंसिर १६ गते १९:५१ मा प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य २ रुपैयाँले बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाइएको निगमका निर्देशक तथा प्रवक्ता ई. वीरेन्द्र गोइतले जानकारी दिए ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट १ डिसेम्बरबाट खरिद मूल्य बढाएकाले नेपाली बजारमा पनि मूल्य समायोजन गरिएको जानकारी दिएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १०९ रुपैयाँ, डिजल र मट्टितेलमा प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ ।

हवाई इन्धन र एलपी ग्याँसको मूल्य बढेर आएको भए पनि खुद्रा मूल्य यथावत राखिएको निगमले जानकारी दिएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स