पुनर्बीमा कम्पनीको सीईओको अन्र्तवार्तामा ४ जना छानिए



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा ४ जनाको नाम छनोटमा परेको छ । सिइओका लागि अशोक कुमार पौडेल, चिरायु भण्डारी, शेष रमण आचार्य र शंकर कुमार रायमाझी रहेका छन् ।

आवेदन परेका ४ जनाको मंसिर २२ गते प्रस्तुतिकरण र अन्तवार्ता हुने छ । आवेदन दिने ४ जनाले नै २२ गते शैक्षिक योग्यता, कार्य अनुभव तथा व्यवसायीक योजना प्रस्तुत गर्ने छन् । साथै सोही दिन अन्तवार्ता समेत हुने बताइएको छ । अन्र्तवार्तामा जानेले शैक्षिक योग्यताको प्रमाणपत्र र सक्कल नागरिकता समेत ल्याउनु पर्ने जारी सूचनामा उल्लेख छ ।


क्लिकमान्डु