सेलपे सेवाले दोस्रो चरणको स्टल एक्टिभेसन सुरु



नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले आजबाट दोस्रो चरणको स्टल एक्टिभेसन सरु गरेको छ ।

यो एक्टिभेसन कार्यक्रम नक्साल भाट्भटेनिमा कार्तिक २९ र ३० गते, महाराजगञ्ज भाट्भटेनिमा मंसिर ६ र ७ गते र पाटन भाट्भटेनिमा मंसिर १३ र १४ गते १० देखि ५ बजे सम्म हुन गैरहेको छ । यस एक्टिभेसनको मुल उदेश्य ग्राहकहरुसंग अन्तर्कि्रया बढाउन र सेलपे एप्पको बारे यसको प्रयोग र फाइदाहरुको बिस्तारमा जानकारी उपलव्ध गराउने रहेका छ । एक्टिभेसनको समयमा सेलपेले स्पट केवाईसी प्रमाणिकरण सेवा प्रदान गर्नुका साथै पहिलो बैंक खाता लिंक भए पश्चात एक सय रुपैयाँको फ्रि टपअप आफ्नो ग्राहकहरुलाई प्रदान गर्नेछ ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका विशेषतामा बिना वालेट कारोबार गर्न सकिने,बास्तविक समयमा भुक्तानि गर्न सकिने तथा सरल, सहज र सुरक्षित, न्युन सेवा शुल्क र कारोबार गरे वापत लोयाल्टि पोइन्टस प्राप्त हुने छ ।

सेलपे द्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पिटुबी,बिटुबी,बिटुपी,बिटुपी वास्तविक समयमा गर्न सकिन्छ । यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।
सेलपे एप्प डाउनलोड गरी आजै आफ्नो बैंक खाता लिंक गर्नुहोस् र आफ्नो वालेट र कार्डहरु बोक्नबाट मुक्त हुनुहोस् ।


क्लिकमान्डु