किन हटायो फेसबुकले सवा करोड स्टाटस ?




काठमाडौं । फेसबुकले पछिल्लो समय १ करोड १६ लाख स्टाटसहरु हटाएको छ । फेसबुकले दिएको जानकारी अनुसार सन् २०१९ को जुलाईदेखि सेप्टेम्बरसम्ममा उक्त स्टाटसहरु हटाइएको हो ।

फेसबुकले किन यति धेरै संख्यामा स्टाटसहरु हटायो त ?

फेसबुकले स्पष्ट पार्दै भनेको छ, ‘बाल नग्नता र बाल यौन हिंसा सम्बद्ध स्टाटसहरुले बाल मनोविज्ञानमा असर पारेको भेटिएपछि कम्पनीले सवा करोड स्टाटसहरु हटाएको हो ।’

१४ वर्षिय मोली रसेलले आत्महत्या गरेपछि आएको सार्वजनिक प्रतिक्रिलाई आधार मानेर फेसबुकले उक्त स्टाटसमाथि छानबिन गरी हटाएको हो ।

सन् २०१७ मा १४ वर्षिय बालकले आत्महत्या गरेको र पछि उनका बाबुले ठूलो संख्यामा आत्महत्याका लागि उत्साहित बनाउने ग्राफिक विषयवस्तुहरु फेला पारेका थिए ।

फेसबुकका भाइस प्रेसिडेन्ट गाय रोसेनले ब्लगमा भनेका छन, ‘हामीले आत्महत्या वा अन्य चोटपटकलाई प्रोत्साहन गर्ने विभिन्न सामग्रीहरु हटाएका छौ ।’

उनका अनुसार कम्पनीले फेसबुकबाट सवा करोड र इन्स्टाग्रामबाट ७ लाख ५४ हजार वटा सामग्री हटाएको हो ।


क्लिकमान्डु