प्रदेश २ का ८ जिल्ला झिलिमिली बनाउन नर्वेले दिने भयो साढे ४ अर्ब
काठमाडौं । नर्वे सरकारले प्रदेश नम्बर २ को विद्युत आपूर्ति सुदृढीकरण र विस्तारमा ४ करोड अमेरिकी डलर अर्थात ४ अर्ब ५० करोड ?पैयाँ अनुदान दिने भएको छ ।
नर्वेले प्रदेश तथा स्थानीय तह शासकीय सुधार सहयोग कार्यक्रम अन्तर्गत उपलब्ध गराउने १० करोड डलरमध्ये प्रदेश २ मा विद्युत आपूर्ति सुधारका लागि ४ करोड डलर खर्च हुने छ ।
अनुदान सम्झौतामा अर्थ मन्त्रालय सचिव राजन खनाल र नेपालस्थित नर्वेली राजदूत लास्से जोर्न जोहानेसेंले सोमबार हस्ताक्षर गरेका थिए ।
नर्वेली सरकारले उपलब्ध गराउने अनुदान रकम प्रदेश २ का जिल्लामा विद्युतीकरण र विद्युत आपूर्तिलाई विश्वसनीय, गुणस्तरीय तथा भरपर्दो बनाउन खर्च गरिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
‘अनुदान रकम प्रदेश २ को विद्यत आपूर्ति सुधार तथा विस्तारका लागि ९ वटा नयाँ सव–स्टेसन निर्माण, प्राविधिक चुहावट नियन्त्रण, विद्युतीय सुरक्षा, विद्युतीकरण लगायतमा खर्च हुनेछ, उनले भने । ‘काम गर्न ठेकेदार छनोटका लागि तत्काल टेन्डर गरी काम सु? गर्ने छौं, २÷३ वर्षभित्रमा काम सकिन्छ ।’
प्रदेश २ मा ८ जिल्ला छन् । सो प्रदेशमा कूल ७९.७७ प्रतिशत विद्युतीकरण भएको छ ब।