एनसेलद्वारा ‘रिचार्जमा चमत्कार’ अफरका २ विजेतालाई पुरस्कार वितरण



काठमाडौ । एनसेलले ‘रिचार्जमा चमत्कार’ अफर अन्तर्गत पहिलो हप्ताका पाँच जना भाग्यशालीमध्येका दुई ग्राहकलाई बिहीबार २ लाख रुपैयाँ नगद पुरस्कार वितरण गरेको छ ।

आफ्नो कष्टमर लोयल्टी कार्यक्रमअन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १ गतेदेखि सञ्चालनगर्दै आएको छ । यस योजनाअन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख रुपैयाँ र प्रत्येक महिना १० लाख रुपैयाँ जित्ने मौका पाउँछन् ।

योजनाको पहिलो हप्ता मंसिर १ गतेदेखि ७ गतेसम्मका ५ जना विजेता ग्राहकमध्ये बिहीबार २ ग्राहकले जनही २ लाख रुपैयाँ नगद पुरस्कार ग्रहण गरेका छन् । बाँकी विजयी ग्राहकहरुले आवश्यक प्रमणिकरणको प्रक्रिया पश्चात पायक पर्ने नजिकैको एनसेल सेन्टर वा काठमाडौंबाट पुरस्कार ग्रहण गर्ने एनसेलले जानकारी दिएको छ ।

पहिलो हप्ताका ५ विजयीमध्येका एक छिन्चु, सुर्खेतकी मोतिसरा दमाइले एनसेलको सुर्खेतस्थित एनसेल सेन्टरबाट आफूले पाएको नगद २ लाख रुपैयाँ पुरस्कार बिहीबार एक कार्यक्रममाझ ग्रहण गरेकी छिन् ।

त्यसैगरी एनसेल सेन्टर वीरगंजबाट बाराका मनोज कुमार यादवले पनि २ लाख रुपैयाँ पुरस्कार बिहीबार नै ग्रहण गरेका छन् । विजेता मोतिसराले गाउँमा घडेरी किन्ने र बाराका मनोजले बच्चाका लागि शिक्षामा लगानी गर्ने बताए ।


क्लिकमान्डु