किष्ट बैंकका प्रवन्ध संचालक कमल ज्ञवालीको बन्धिप्रत्यक्षीकरणको मुद्दामा सुनुवाई गर्न आदेश



काठमाडौं । सर्बोच्च अदालतले बैंकिङ कसुरको आरोपमा प्रहरीको हिरासतमा रहेका तत्कालिन किष्ट बैंकका प्रवन्ध निर्देशक कमलप्रसाद ज्ञवालीको बन्धिप्रत्यक्षीकरणको मुद्दामा सुनुवाई गर्न आदेश दिएको छ ।

सर्बोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणा,प्रकाशमान सिंह राउत सपना प्रधान मल्लको बृहत पूर्ण इजलाशले कमलप्रसाद ज्ञवालीको मुद्दामा पुनः सुनुवाई गर्न आदेश दिएको हो । बैंकिङ कसुरमा फरार रहेका ज्ञवालीलाई गतवर्ष असोजमा प्रहरीले भारतबाट पक्राउ गरेको थियो ।

किष्ट बैंकको करोडौं ठगरेर फरार भएका कमल ज्ञवाली कहाँ छन् ?

तत्कालिन पुनरावेदन अदालत पाटनको वाणिज्य इजलाशले कमल ज्ञवालीलाई ३ वर्षको जेल सजाय सुनाएको थियो । ज्ञवालीले पुनरावेदन अदालतबाट पाएको फैसला बुझ्न नपाएको जिकिर गरेका छन् ।

ज्ञवालीले २०७६ साल असोज २ मा सर्बोच्च अदालतमा बन्धिप्रत्यक्षीकरणको मुद्दा दर्ता गरेका थिए । ज्ञवालीले  बन्धिप्रत्यक्षीकरण बाहेक ४ वटा मुद्दा समेत सर्बोच्च अदालतमा दायर गरेका थिए । जसमा सर्बोच्च अदालतको बृहत पूर्ण इजलाशले निवेदकको माग बमोजिम अनुमति हुने फैसला सुनाएको छ ।


क्लिकमान्डु