सिटिजन्स बैंकको संचालकमा सुदेश खालिङ नियुक्त




काठमाडौं । सिटिजन्स बैंकको सञ्चालकमा सुदेश खालिङ नियुक्त भएका छन् । आज बसेको सञ्चालक समितिको बैठकले बैंकिंग क्षेत्रमा करिव तीन दशक लामो अनुभव भएका खालिङलाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको छ ।

अवनिन्द्र कुमार श्रेष्ठको पदावधि सकिएपछि रिक्त हुन गएको स्वतन्त्र संचालकको पदमा खालिङलाई नियुक्त गरिएको हो । शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकरका रूपमा परिचित खालिङले विभिन्न वाणिज्य बैंकको महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्यकुशलता प्रदर्शन गरि सकेका छन् । वाणिज्य बैंकमा सहायकबाट बैंकिंग पेशा शुरु गरेका उनले दुई वाणिज्य बैंकको अनुभव बटुल्दै प्रमुख कार्यकारी अधिकृतबाट निवृत भएका हुन् ।

बैंकले हाल देशैभरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८२ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु