एनआईसी एशियाको नयाँ शाखा रसुवाको स्याफ्रुबेसीमा




काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको स्याफ्रुबेसीमा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरी कारोबार शुरु गरेको छ ।

रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका वडा नं. ५ स्याफ्रुबेसीस्थित स्याफ्रुबेसी शाखाको सोही गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले उदघाटन गरेका छन् । स्याफ्रुबेसी शाखा सञ्चालनमा आएसँगै उक्त क्षेत्रका जनतालाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने बैंकले विश्वास लिएको छ ।

बैंकले हाल मुलुकभर रहेका ३१० शाखा कार्यालय, ३८९ एटिएम, ९० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु