आइफोन ११ ,११ प्रो र ११ प्रो म्याक्स मंसिर ६ देखि नेपालमा, कतिपर्छ मूल्य ?




काठमाडौं । एप्पलको नेपालकालागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसनले यहि मंसिर ६ गते देखि नेपाली बजारमा आइफोन ११ ,११ प्रो र ११ प्रो म्याक्स सार्वजनिक गर्ने भएको छ ।
जेनरेशन नेक्स्टका आधिकारिक डिलरहरुः इभो स्टोर, ओलीज, फ्यूचर वल्र्ड, आइस्टोर , मोबाइल ट्रोन, फ्युचर टेक ट्रेड, एस आर इम्पेक्सबाट उक्त मोवाइल सेटहरु किन्न सकिनेछ ।
आइफोन किन्ने पहिलो २ सय ग्राहकले बेल्किनको वायरलेस चार्जर निशुल्क पाउँनेछन् ।

कुन मोडलको कतिपर्छ मूल्य ?

आइफोन ११
६४ जिबी- १ लाख १० हजार ५ सय
१२८ जिबी- १ लाख १८ हजार ३ सय
२५६ जिबी- १ लाख ३४ हजार

आइफोन ११ प्रो
६४ जिबी- १ लाख ५७ हजार २ सय ५०
२५६ जिबी -१ लाख ८० हजार ९ सय
५१२ जिबी – २ लाख ११ हजार ८ सय

आइफोन ११ प्रो म्याक्स
६४ जिबी- १ लाख ७२ हजार ८ सय
२५६ जिबी -१ लाख ९६ हजार ६ सय
५१२ जिबी -२ लाख २७ हजार ४ सय


क्लिकमान्डु