६४ एमपी क्वाड क्यामरा भएको रेडमी नोट ८ सार्वजनिक, यस्ता छन विशेषता



काठमाडौं, ४ मंसिर – शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले बहु–प्रतिक्षित रेडमी नोट ८ सिरिजको स्मार्टफोन सार्वजनिक गरेको छ ।

क्वाड क्यामेरा सेटअप भएको विश्वकै पहिलो रेडमी नोट ८ सिरिज स्मार्टफोन सेग्मेन्टमा राम्रो भएको कम्पनीको भनाइ छ ।

‘स्मार्टफोन श्रेणीमै रेडमी नोट सिरिज अब्बल रहँदै आएको छन्, ६४ एमपी क्वाड–क्यामेरा बिस्ट– रेडमी नोट ८ प्रो सार्वजनिक गर्न पाउँदा निकै खुशी छौं,’ शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने ।

विश्वकै ६४ एमपी क्यामेराका साथ हेलियो जी९०टी चिपसेट भएको यो स्मार्टफोनले गेमिङ र फोटोग्राफीमा नयाँ बेञ्चमार्क कायम गर्ने कम्पनीको विश्वास छ ।

रेडमी नोट ८, ६ जीबी प्लस ६४ जीबी र ६ जीबी प्लस १२८ जीबी भेरियन्टमा क्रमस १८ हजार ९९९ रुपैयाँ, २३ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ । यो फोन ३ वटा कलर भेरियन्ट– मुनलाइट ह्वाइट, स्पेस ब्लाक र नेप्च्यून ब्लूमा पाइनेछन् ।

रेडमी नोट ८ प्रो, ६ जीबी प्लस ६४ जीबी, ६ जीबी प्लस १२८ जीबी र ८ जीबी प्लस १२८ जीबी स्टोरेज भेरियन्टमा २६ हजार ९९९ रुपैयाँ, २९ हजार ९९९ रुपैयाँ र ३२ हजार ९९९ रुपैयाँमा क्रमश उपलब्ध हुनेछ । यो फोन ३ वटा कलर भेरियन्ट–गामा ग्रिन, हलो ह्वाइट र स्याडो ब्ल्याकमा रहेका छन् ।

दुवै फोनहरु बिक्रीका लागि नोभेम्बर २० तारिखबाट सम्पूर्ण एमआईका अधिकृत पार्टनर, दराज डटकम डटएनपी र सस्तो डिलमा उपलब्ध हुनेछ ।

रेडमी नोट ८ प्रो र रेडमी नोट ८ः सरल विशेषताहरु


क्लिकमान्डु