फेसबुक जस्तै विकिपिडियाले ल्यायो सामाजिक सञ्जाल, विज्ञापन नदेखिने



सामाजिक सञ्जालमा लोकप्रिय फेसबुक र ट्विटर जस्तै अर्को सामाजिक सञ्जाल सुरु भएको छ ।

विकिपिडियाका संस्थापक जिम्मी वेल्सले ‘डब्ल्यूटी–सोसल’ नामको सामाजिक सञ्जाल ल्याएका हुन् । तीन दिनअघि सुरु गरिएको सामाजिक सञ्जालमा हालसम्म १ लाख ६० हजारभन्दा बढी प्रयोगकर्ता भइसकेका छन् ।

यो सामाजिक सञ्जाल अन्य सामाजिक सञ्जालभन्दा फरक देखिएको छ । जसमा विज्ञापन देखिँदैन भने मासिक रुपमा चलाउनका लागि १३ अमेरिकी डलर खर्चनुपर्छ ।

जसमा प्रयोगकर्ताले आफूले चाहेका सामग्रीहरु छनोट अनुसार हेर्न पाउँछन् । साथै यो सामाजिक सञ्जालले गलत समाचारलाई समेत फिल्टर गर्ने र भ्रामक समाचारहरुलाई निरुत्साहित गर्नेछ । फेक अकाउन्ट र गलत समाचारबाट आजित भएका फेसबुक र ट्विटरले अहिले धमाधम ती अकाउन्टहरु बन्द गरिदिएका छन् । -एजेन्सी


क्लिकमान्डु