१० महिनापछि अर्थमन्त्रालयमा फर्किए शिशिर ढुंगाना, राजस्व लक्ष्य भेटाउने प्रमुख जिम्मेवारी



काठमाडौं । अर्थमन्त्रालयबाट सरुवा भएको १० महिनापछि शिरि ढुंगाना पुनः अर्थमन्त्रालय नै फर्किएका छन् । १० महिना अगाडि अर्थमन्त्रालयका राजस्व सचिवबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सरुवा भएका ढुंगाना राजस्व सचिवको रुपमा फर्किएका हुन् ।

तीन महिनापछि अहिलेका अर्थसचिव राजन खनाल र अनिवार्य अवकासमा जाने र त्यसपछि अर्थसचिव हुने गरी ढुंगानालाई अर्थमन्त्रालय ल्याइएको हो ।
भन्सार विभागमा महानिर्देशक भएर काम गरेका ढुंगनालाई राजस्व भेट्टाउन काम गर्ने प्रमुख चुनौती छ ।

१० महिना अगाडि ढुंगानाको ठाउँमा लालशंकर घिमिरे आएका थिए । उनको उमेरका कारण अवकास भएको एक महिना भइसक्यो । एक महिनादेखि अर्थमन्त्रालयमा राजस्व सचिवको पद खाली थियो ।


क्लिकमान्डु