मंगलबार नेप्सेमा ५ अंकको सुधार




काठमाडौं । मंगलबार सेयर बजार सकारात्मक देखियो । सोमबार १२.०५ अंकले घटेको बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज भने ५.०८ अंकले बढेर ११४२.०४ को बिन्दुमा कारोबार बन्द भएको हो ।

मंगलबार बजारमा कुल १५१ कम्पनीहरुको ७ लाख ६५ हजार ८९७ सेयर खरिद बिक्री हुँदा २२ करोड २४ लाख ५२ हजार ७८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार कै आधारमा सबैभन्दा बढी सिद्धार्थ बैंकको कारोबार भएको छ । सो दिन बैंकको ४ करोड ७ लाख ७४ हजार २५६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस्तै आरएमडिसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सबैभन्दा बढी कमाएका छन् । जसको सेयर मूल्यमा ५.९३ प्रतिशतले वृद्धि भएको छ ।

सबैभन्दा बढी गुमाउनेमा सिटी एक्प्रेस फाइनान्सका लगानीकर्ता छन् । कम्पनीको आज ५.८८२३५ प्रतिशतले सेयर मूल्यमा गिरावट आएको छ ।

मंगलबार नेप्सेमा सुचीकृत १२ वटा समूहमा सबै समुहको परिसुचकमा हरियाली छाएको छ । जसमा सबैभन्दा बढी निर्जीवन बीमा समूह ३१.१५ अंकले वृद्धि भएको हो ।


क्लिकमान्डु